रसुवागढी र सान्जेन आयोजना आगामी आर्थिक वर्षमा सम्पन्न गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 06:07:24 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी आर्थिक वर्ष ७१५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको छ। आगामी आर्थिक वर्ष ७९/८० को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले  आगामी आर्थिक वर्ष ७१५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने बताएका हुन्। 

उनले आगामी आर्थिक वर्षमा १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, तल्लो सान्जेन, सोलु, दुध कोशी, तल्लो सोलु, सुपर दोर्दी लगायतका आयोजना आगामी आर्थिक वर्ष सम्पन्न गरि आगामी आर्थिक वर्ष ७१५ मेगावाट बिजुली थप गरिने उनले बताए ।

त्यस्तै उनले नेपाल विद्युत प्राधिकरणले प्रिमियममा आईपिओ निष्काशन गर्ने बताएका छन् ।  प्राधिकरणको क्रेडिट रेटिंग भईसकेकोले अब प्रिमियममा आईपिओ निष्काशन गर्ने प्रक्रिया बढाईने उनले बताए  ।

त्यस्तै कोभिडका कारण प्रभावित भएका जलविद्युत आयोजनाको अनुमति पत्रको अवधि २ वर्ष थप गरिने भएको छ  । यस्तै सार्वजानिक निकायले विद्युतीय गाडी खरिद गर्नु पर्ने ब्यबस्था गरिने उनले बताए ।

उनले एलपी ग्यास छोडौ, विद्युती जोडौ अभियान संचालन गरिने बताए । त्यस्तै उनले एलपी ग्यासको अनुदान हट्ने र ३ महिना भित्र सिंहदरबारबाट ग्यास हट्ने बताए । उनले उर्जाको लागि कुल ७५ अर्ब बिनियोजन गरिएको बताए । 

मन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गरिरहेका छन् । हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर बजेट सार्वजनिक गर्ने संवैधानिक अभ्यास छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved