विदेशमा भएका नेपालीलाई आईपीओमा १० प्रतिशत आरक्षण, एनआरएनलाई पुँजीबजारमा लगानी खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 06:23:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विदेशिएका नेपाली श्रमिकको लागि आईपिओमा आरक्षण दिने भएको छ । आगामी आर्थिक वर्ष ७९/८० को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

उनका अनुसार विदेशमा रहेका नेपाली श्रमिकको लागि आईपिओमा १० प्रतिशत आरक्षण दिने घोषणा गरेका हुन् ।  त्यस्तै एनआरएनलाई नेपालको पुँजीबजारमा लगानी गर्न कानुनी प्राबधान गरिने उनले बताए । 

त्यस्तै १ अर्ब भन्दा बढी पुँजी भएको, वार्षिक ५ अर्ब भन्दा बढी कारोबार गर्ने कम्पनी र राज्यबाट सहुलियत पाउने कम्पनीले अनिवार्य रुपमा आईपिओ निष्काशन गर्नु पर्ने व्यवस्था गरेका हुन् ।

मन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गरिरहेका छन् । हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर बजेट सार्वजनिक गर्ने संवैधानिक अभ्यास छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved