कुन रक्सीमा कति बढ्यो कर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2022 | 09:59:16 AM मा प्रकाशित

laxmi  sunrise bank

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत पेय पदार्थमा लाग्ने कर अत्याधिक मात्रामा बढाईएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणपछि प्रस्तुत गरेको आर्थिक अध्यादेशमा अल्कोहलरहित बियरमा प्रतिलिटर ३० रुपैयाँ कर लगाईएको छ । यस्तो बियरमा प्रतिलिटर २० रुपैयाँ कर लाग्दै आएको थियो ।

अल्कोहल भएको बियरमा पनि प्रतिलिटर ३० रुपैयाँले कर बढाईएको छ । अल्कोहलयुक्त बियरमा यसअघि प्रतिलिटर १९८ रुपैयाँ अन्तःशुल्क लाग्दै आएकोमा अब ३० रुपैयाँले थप गरी २२८ रुपैयाँ बनाइएको छ ।

वाइनमा लाग्ने करलाई प्रतिलिटर १९८ रुपैयाँबाट बढाएर २२८ रुपैयाँ बनाइएको छ । 

ह्विस्कीतर्फ ४८.५ प्रतिशतसम्म अल्कोहल भएको मदिरामा प्रतिलिटर १ हजार ५९२ रुपैयाँबाट बढाएर १ हजार ७५० रुपैयाँ पुर्याईएको छ । यो मदिरा उच्च खपत हुने मदिरामा पर्छ । 

४२.८ प्रतिशत अल्कोहल भएको मदिरामा यसअघि लाग्दै आएको प्रतिलिटर १ हजार १८८ रुपैयाँ कर बढेर अब १ हजार ३०६ रुपैयाँ पुगेको छ । 

त्यस्तै ३९.९४ प्रतिशत अल्कोहल भएको मदिरामा यसअघि प्रतिलिटर १ हजार १०५ रुपैयाँ कर रहेकोमा अब बढेर १ हजार २१५ रुपैयाँ कायम गरिएको छ ।

३४.२३ प्रतिशत अल्कोहल भएको मदिरामा प्रतिलिटर ५५५ रुपैयाँ रहेको अन्तःशुल्क बढेर अब ६१० रुपैयाँ पुगेको छ । २८.५३ प्रतिशत अल्कोहल भएको मदिरामा प्रतिलिटर ४५० रुपैयाँ लाग्दै आएको कर अब ४७२ रुपैयाँ बनाईएको छ ।

त्यस्तै, ह्विस्कीको कच्चा पदार्थ स्प्रिटमा पनि प्रतिलिटर १९८ रुपैयाँ करलाई बढाएर २२८ रुपैयाँ कायम गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved