बजेटप्रति प्रबलजंग पाण्डेको आक्रोश, भन्छन् ‘जुनसुकै बेला उद्योगी ध्वस्त हुन सक्छन्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2022 | 09:37:51 AM मा प्रकाशित

laxmi  sunrise bank

लोमश ग्रुपमा निर्देशक एवम् उद्योगी प्रबलजंग पाण्डेले बजेटका कारण उद्योगी व्यवसायी असुरक्षित बनेको बताएका छन् । सोमबार बिहान फेसबुकमा ‘कडा’ स्टाटस लेख्दै उनले बजेटका ‘साइट ईफेक्ट’ देखिन थालिसकेको उल्लेख गरेका छन् । 

उनले कोही पनि उद्योगी व्यवसायी सुरक्षित नरहेको भन्दै कसले कुनबेला भन्सार र करका नीति परिवर्तन गरेर उद्योग व्यवसाय ध्वस्त बनाउँछ भनेर डराउनुपर्ने भएको बताएका छन् । 

पाण्डेले बजेटले घ्यू तेल, सेनेटरी प्याड र विद्युतीय गाडीको विषय सतहमा आएको र अन्य क्षेत्रको लगानी पनि सुरक्षित नहेको भन्दै उद्योगी व्यवसायीको लगानी डुब्ने चिन्ता व्यक्त गरेका छन् । उनले नीजि क्षेत्रको भूमीका पनि व्यवसायिक र औद्योगीक वातावरणका लागि गतिलो नभएको भन्दै आलोचना गरेका छन् ।

पाण्डेले लेखेका छन्ः 

बजेटको side effect हरु देखिदै छ, कतै घ्यू तेलको कुरा छ त कतै प्याडको कुरा छ, कतै बिद्युतीय गाडीको कुरा पनि छ । यस भन्दा पहिलाको बजेटमा पनि डण्डीको कुरा थियो । तर यस किसिमको बिकृति पहिला पहिला सुनिँदैन थियो, त्यसैलै सबै व्यवसायी उद्योगी सुरक्षित थिए, लगानी सुरक्षित थिए । तर आज कोही पनि उद्योगी सुरक्षित छैन, कुन बेला कसले नीति र भन्सार दर परिवर्तन गराउँछ र व्यवसाय ध्वस्त बनाउँछ भनेर डराउनु पर्ने भयो । के हामीले खोजेको व्यवसायीक एकता यही हो ? के हामी ले खोजेको व्यवसायिक वातावरण यही हो ? के हामी ले खोजेको नीजि क्षेत्रको भूमिका यही हो ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved