चेम्बरले भन्यो, ‘बल्ल क्षमता अनुसार बजेटको आकार कायम भयो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2023 | 04:42:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्शले बजेटको मध्यावधि समीक्षामार्फत आकार घटेकोमा स्वागत गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले मध्यावधि समीक्षामार्फत बजेटको आकार २ खर्ब ४४ अर्बले घटाएर १५ अर्ब ४९ अर्ब ९९ करोड कायम गरेकोमा चेम्बरले स्वागत गरेको हो ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले अस्वभाविक र क्षमताभन्दा ठूलो आकारको बजेट ल्याउने काम अर्थतन्त्रका लागि सुखद नहुने भन्दै मध्यावधि समक्षामार्फत आकार घटाएर ‘रियालिस्टिक’ बनाएकोमा स्वागत गरेका हुन् । उनले सुरुमा ठूलो आकारको बजेट ल्याउने र समीक्षामार्फत घटाउने परम्परा आगामी बजेटमार्फत तोड्नुपर्ने पनि सुझाव दिए ।

‘बजेट निर्माण गर्दा घाँटी हेरेर हाँड निल्नुपर्छ भन्ने मान्यता अपनाइएको थिएन, अहिले हाम्रो अर्थतन्त्रको रियल अवस्था अनुसारको बजेट कायम भएको छ, चेम्बरको तर्फबाट स्वागत गर्न चाहन्छु’ उनले भने ।

त्यस्तै, अध्यक्ष मल्लले फजुल खर्च कटौती गरेर सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने अर्थमन्त्रीको कदम पनि स्वागतयोग्य रहेको भन्दै कार्यान्वयनमा विशेष जोड दिन आग्रह गरे । 

‘राजस्वले चालु खर्च पनि धान्न नसक्ने अवस्था भइसकेको बेला मितव्ययिता अपनाउने कुरा स्वागतयोग्य छ’ उनले थपे, ‘विकास बजेटको खर्च बढाउन काम नहुने आयोजनामा बजेट होल्ड हुने अवस्थाको अन्त्य गर्न अर्थमन्त्रीले अब विशेष पहल लिनुहुनेछ भन्ने विश्वास छ ।’


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved