नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2023 | 08:48:41 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जवाफ दिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन लागेका हुन् ।

प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रम सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने आजको सम्भावित कार्यसूची छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रिय सभाले नीति तथा कार्यक्रम पारित गरिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved