अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण पेश गरेका छन् । आजको बैठकमा उनले आर्थिक सर्वेक्षणको कार्यकारी सारांश सुनाएका हुन्।
बजेट सार्वजनिक गर्नु भन्दा एक वा २ दिन अगाडी आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने गरिएको छ । आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्मको प्रमुख आर्थिक गतिविधि , समग्र आर्थिक स्थिति, प्रमुख आर्थिक सूचक तथा परिसूचकहरुको अवस्था र विश्लेषण समावेश हुन्छ ।
आर्थिक सर्वेक्षणमा विशेषत: समग्रत आर्थिक स्थिति, प्रादेशिक आर्थिक तथा सामाजिक स्थिति, सार्वजनिक वित्त, मूल्य विश्लेषण, वित्तीय क्षेत्र, बाह्य क्षेत्र, गरिवी निवारण र रोजगारी, कृषि वन तथा भूमिसुधार लगायतका शिर्षक रहन्छन् । त्यस्तै उद्योग वाणिज्य आपूर्ति पर्यटन, आवास तथा सहरी विकास, वातावरण र उर्जा, भौतिक पूर्वाधार यातयात र संचार, सामाजिक क्षेत्र, पुननिर्माण, सुशासन, प्रशासन, लगायतका शीर्षक पनि रहन्छन् ।
त्यस्तै आर्थिक सर्वेक्षणमा यी शीर्षकसँग समबन्धित परिसूचक र अनुसूची पनि समावेश हुन्छन् । यससँग समबन्धी दर्जनौ चार्ट तथा ग्राफ सर्वेक्षणमा समावेश हुन्छ ।
सामान्यतया अर्थमन्त्रीले आर्थिक सर्वेक्षणको कार्यकारी सारांश मात्र वाचन गरेर सुनाउने र मुख्य पुस्तक भने मन्त्रालयको वेबसाइटमा अपलोड गरी सार्वजनिक गर्ने गरिएको छ ।
हेर्नुस् लाइभ :