जेठ १५ मा प्रस्तुत हुने बजेट निर्माण प्रक्रियामा यस्ता छन् अबका बाँकी काम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2023 | 04:36:54 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्ब बजेट ल्याउन भन्दै सिलिङ तोकिदिएपछि अर्थमन्त्री डा. प्रकाशशरण महत त्यसैको पेरिफेरिमा रहेर आर्थिक वर्ष २०८०/०८१ को बजेटलाई अन्तिम आकार दिँदैछन् । 

यद्यपि यसपटक योजना आयोगको सिलिङभन्दा केही अर्ब बढीको बजेटको ‘ड्राफ्ट’ बनेको अर्थ स्रोतले बताएको छ । सहसचिव भुपाल बराल नेतृत्वको बजेट लेखन टिमले आज साँझ ६ बजेभित्र बजेट लेखन सकेर अर्थमन्त्री डा. महतलाई ‘किताब’ बुझाउनेछ । 

चालु आर्थिक वर्षको बजेट ल्याउने बेला करका दर हेरफेर गर्दा अनाधिकृत व्यक्तिको प्रवेश भएको भन्दै आलोचना भएपछि अर्थमन्त्री डा. महत आफू सचेत देखिएका छन् । उनी आज आइतबार राती करका दर हेरफेर गर्नका लागि ‘कोर टिम’सहित बस्नेछन्, र आज राती करका दरहरुलाई अन्तिम रुप दिनेछन् ।

भोलि जेठ १५ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन् । शनिबार नै बजेट वक्तव्यले अन्तिम रुप पाइसकेको छ । आज आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा अर्थमन्त्री डा. महतले बजेटबारे बिफ्रिङ पनि गरिसकेका छन् । अब आजै योजना आयोगमा पनि ब्रिफिङ गर्दैछन् । आजकै संसद बैठकमा अर्थमन्त्री महतले आर्थिक सर्वेक्षण, संस्थानको प्रगति विवरण र मन्त्रालयगत प्रगति विवरण पेश गरेका छन् ।

बजेटसम्बन्धी सबै विधेयक आजै छापिँदैछ । ‘सुरक्षण मुन्द्रण विभागमा छपाईको काम हुन्छ’ अर्थ स्रोतले भन्यो, ‘मन्त्रिपरिषद र योजना आयोगबाट हस्ताक्षर भएर आएपछि बजेट पनि मुन्द्रण विभागमै छपाई हुन्छ, बजेट छाप्न जाने टोलीलाई सुरक्षाकर्मीले घेरेका हुन्छन्, छपाईको काम सकिएपछि त्यहाँ (मुन्द्रण) बाट फेरि सुरक्षाकर्मीले घेरेरै बजेट लेख्ने कोठासम्म ल्याउँछन् ।’

यसरी बजेट पनि सुरक्षण मुन्द्रण विभागमै प्रिन्ट हुन्छ । ‘सिंहदरबार भित्रै छ प्रिन्ट गर्ने ठाउँ’ अर्थका एक अधिकारीले भने ।

भोलि के हुन्छ ?

बजेट प्रिन्ट हुनुभन्दा अगाडि पनि केही प्रक्रिया हुन्छ । जेठ १५ गते विहान प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगको बैठक बस्छ । उक्त बैठकले आउँदो आर्थिक वर्षको बजेट झिकाउँछ, उक्त बजेट (आय व्ययको विवरण) योजना आयोगबाट अर्थ मन्त्रालय पुग्छ । अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गर्छ ।

यसपछि फेरि मन्त्रिपरिषद् बैठक बस्छ । मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयले पेश गरेको बजेट पास गर्छ र संसदमा पठाउने निर्णय गर्छ । यसपछि बल्ल बजेट वक्तव्य प्रिन्ट गर्ने काम हुन्छ । 

मन्त्रिपरिषद्बाट पास भएको बजेट प्रिन्ट गरेर सबै सांसदलाई वितरणसमेत पनि गर्नुपर्छ । अर्थमन्त्रीले संसदमा बजेट भाषण गर्दैगर्दा सांसदहरुलाई सँगै पढ्न सजिलो होस् भनेर दुबै सदनका सदस्यहरुलाई बजेट प्रिन्ट गरेर बाँडिन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved