हुलाक बचत बैंक खारेज, के हुन्छ हुलाक बचत बैंकको पैसा र कर्मचारीको अवस्था ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 06:48:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले हुलाक बचत बैंक खारेज गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट प्रस्तुत गर्दै हुलाक बचत बैंक खारेज गर्ने घोषणा गरेका हुन्। 

हुलाक बचत बैंक बन्द गरेर हुलाक बचत बैंकमा जम्मा भएको रकम खातासहित बाणिज्य बैंकमा सारिने भएको छ। कमर्शियल बैंकमा लगिने अर्थमन्त्री महतले संसद मार्फत जानकारी गराएका हुन्। त्यस्तै हुलाक बचत बैकमा कार्यरत कर्मचारीहरुलाई पनि पारिश्रमिक दिएर विदाई गरिने उनले जानकारी दिएका हुन्। 

हाल विश्वका ६० मुलुकमा यसरी हुलाक बचत बैंक संचालनमा अरहेका छन्। नेपालमा भने आर्थिक वर्ष ०३३/३४ देखि यस्तो सेवा सुरु भएको थियो। कतिपय देशमा यसलाई ‘गरिबको बैंक’ भनेर पनि ब्याख्या गर्ने गरिएको छ।

एक सय रुपैयाँ पनि जम्मा गर्न सकिने र आवश्यक परेमा त्यति रकम नै झिकन सकिने र एक सय रुपैयाँमा खाता सञ्चालन गर्न सकिने र अन्य बैंकभन्दा आकर्षक ब्याज पाइने भएकाले नेपालमा पनि कतिपय ठाउँमा यसको प्रयोग बढ्नेक्रममा थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved