बैंकलाई बीमा बेच्न रोक्ने नीति कार्यन्वयनमा, ठुला बैंकको मुनाफा घट्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2019 | 05:24:27 PM मा प्रकाशित

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा ल्याएको बैंकलाई बीमा पोलसी बेच्न नपाउने व्यवस्थालाई कार्यान्यनमा ल्याएको छ। राष्ट्र बैंकले सोमबार संसोधित एकीकृत निर्देशन जारि गर्दै बैंक तथा वित्तीय संस्थालाई बीमा पोलिसी बेच्न नपाउने व्यवस्था कार्यान्वयनमा ल्याएको हो। 

बैंकहरुले संस्थागत एजेन्टको रुपमा काम गर्न नपाएपनि राष्ट्र बैंकले तोकेको अन्य कार्य गर्ने ब्यवस्थामा रहेर कर्जा प्रवाह गर्ने क्रममा ऋणीले स्वयं छनोट गरेको बीमा कम्पनीबाट धितोको रुपमा राखिएको सम्पत्तिको बीमा भने गराउन पाउने छन।

यसको साथै कर्जाको बीमा गराउन र विना धितो व्यक्तिगत जमानीमा प्रवाह गरिएको कर्जाको हकमा कर्जा अवधिसम्मको लागि ऋणीको आवधिक बीमा गराउन पाउँने राष्ट्र बैंकले जनाएको छ ।     

बैंकहरुले बीमा कम्पनीसँग कर्पोरेट एजेन्टको सम्झौता गर्दै बैंकांन्स्योरेन्सको नाममा नागरिकलाई फोर्सफुल बीमा पोलिसी विक्रि गरिरहेको गुनासो बढेपछि राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंकहरुलाई बीमा पालिसी विक्रि गर्न रोक लगाएको हो।

राष्ट्र बैंकले बैंकहरुलाई संस्थागत एजेन्टको काम गर्न रोक लगाएपछि बैंक वित्तीय संस्थाको मुनाफामा प्रत्यक्ष असर पर्ने देखिएको छ। दोस्रो पुस्ताका बैंकहरुको मुनाफा औषतमा करिब २ अढाई करोडले घट्ने देखिन्छ भने एनआईसी जस्ता संस्थागत एजेन्सीबाट मुनाफा कमाउने लक्ष्य राखेका बैंकहरुको मुनाफा ठुलो अंकले घट्ने देखिन्छ।  



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved