महालक्ष्मी लाईफ इन्स्योरेन्सले कर्मचारीलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम प्रदान गरेको छ । कम्पनीले प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरुकोलागि शुक्रबार उक्त तालिम संचालन गरेको हो ।
तालिममा सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत जानकारी प्रदान गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार तालिममा गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्येमले सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने लगायत विषयमा जानकारी गराईएको थियो ।
तालिममा ३५ जना भन्दा बढी सहभागी भएको कम्पनीले जनाएको छ ।