नियम नमान्नेलाई कडा कारबाही गर्ने बीमा समितिका अध्यक्षको स्पष्ट संकेत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2021 | 02:58:54 PM मा प्रकाशित

nepal oil ltd

बीमा समितिका नवनियुक्त अध्यक्ष सुर्य प्रसाद सिलवालले ऐन र नियम भन्दा बाहिर गएर बीमा व्यवसाय गर्नेलाई कडा कारबाही गर्ने संकेत गरेका छन्। स्वागत तथा पदभार कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले समितिलाई नियन्त्रक नभई साझेदार ठानेर काम गर्नलाई बीमा कम्पनी लगायतका सरोकारवालाहरुलाई निर्देशनात्मक सुझाव दिएका छन्। 

बीमा समिति नियन्त्रक बनेर काम गर्दा काम झन् बिग्रिने बताउदै अध्यक्ष सिलवालले समितिमा समस्या भन्दा सुझाव लिएर आउनलाई समेत सल्लाह दिएका छन्। कम्पनीहरु तथा अन्य सरोकारवाला आफै ऐन नियम भित्र रहेर काम गर्ने हो भने समिति नियन्त्रक बन्न बाध्य नहुने उनले बताए। 

"जे गर्नुहोस, जेन्युन गर्नुहोस, सेयरधनीलाई नाफा दिनुहोस, अभिकर्तालाई कमिसन दिनुहोस, बिमितलाई बोनस दिनुहोस, तर जे गर्नुहोस न्यायोचित गर्नुहोस, ऐन नियम अनुसार गर्नुहोस" उनले भने। 

ऐन मिचेर काम गर्नेलाई कारबाही गर्दा अख्तियार जानुपर्ने अवस्था आउँन सक्ने संकेत गर्दै अध्यक्ष सिलवालले सबैले आ आफ्नो क्षेत्रबाट प्रणाली भित्र रहेर काम गर्नलाई सुझाव दिए। 

अध्यक्ष सिलवालले आफु बीमा बिज्ञ वा बीमा क्षेत्रमा काम गरेको व्यक्ति नभएपनि अर्थतन्त्र बुझेको मान्छे भएको बताए। उनले आफु अवकाश पाउँदा उद्योगमा काम गरेको अनुभव समेत सुनाए। 

बैंकिङ पहुँच ६० प्रतिशत पुगिसक्दा बीमाको पहुँच ३० प्रतिशत मात्र रहेकाले यसको बिस्तार तथा बिकासमा सबै मिलेर अगाडी बढ्नुपर्ने अध्यक्ष सिलवालले बताए। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved