नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2021 | 06:25:36 PM मा प्रकाशित

नेपाल लाइफ इन्स्योरेन्स Nepal Life Insurance Company  को प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् । मंगलबार बसेको सञ्चालक समितिको बैठकले उनलाई उनलाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो।

उनी कम्पनीमा कामु प्रमुख कार्यकारी अधिकृत थिए।  बिवेक झा कार्यकाल सकेर बाहिरिएपछि प्रसाई कामु प्रमुख कार्यकारी अधिकृत भएका थिए । बीमा समितिले स्वीकृति दिएपछि उनको नियुक्तिले औपचारिकता पाउने छ ।

 कम्पनीले आज बुधबार साधारणसभा आयोजना गरेको छ। सभाले ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  साधारणसभाले सर्वसाधारणबाट दुई जना सञ्चालक चयन गरेको छ भने शेयर टुक्रयाउने अर्थात् स्टक स्प्लिट गर्ने प्रस्ताव पनि पारित गरेको छ।

लाभांश  पारित भएसँगै कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड पुगेको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved