शिखर इन्स्योरेन्सको लाभांश र हकप्रद प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2021 | 05:01:43 PM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्स कम्पनीको १५ औं र १६ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ साधारणसभा एक साथ गरेको हो।

साधारणसभाले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । यस्तै, ती दुवै आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरणउपर छलफल गरी सोलाई समेत पारित गरेको छ ।

सभाले २०७७/७८ का लागि लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने तथा आर्थिक वर्ष २०७६÷७७ को लेखापरीक्षकको नियुक्ति पनि अनुमोदन गरेको छ । संचालक समितिबाट प्रस्ताव गरिएको २०७७ असार मसान्तसम्म कायम सेयर पूँजीमा ३६.१ प्रतिशत आ.व. २०७७/७८ मा बाँडफाँड गरिएको हकप्रद सेयरपश्चात कायम हुने सेयर पूँजीमा २७.७६९प्रतिशत हुने अठ्तीस करोड सोह्र लाख उननब्बे हजार एकसय सत्ताइस रुपैयाँ बराबरको बोनस सेयर पारित गरेको छ ।

यस्तै, सो बोनस सेयरको कर प्रयोजनार्थ २०७७ असार मसान्तसम्म कायम सेयर पूँजीमा १.४६२ प्रतिशतका दरले  दुई करोड अठासी हजार नौसय एक रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गरेको छ ।

साधारणसभाबाट कम्पनीको अधिकृत पूँजी वृद्धि गरी चार अर्ब पुर्याउने प्रस्ताव समेत पारित भएको छ । सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावली पनि संसोधन गर्ने अजेण्डा पारित भएको छ ।

प्रस्तावित बोनस सेयर पश्चात कायम हुने कम्पनीको चुक्तापूँजीमा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याई संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव समेत पारित भएको छ । बोनस सेयरपश्चात कायम हुने कम्पनीको चुक्तापूँजीको ३० प्रतिशतको दरले हकप्रद सेयर जारीको प्रस्ताव समेत साधारणसभाबाट पारित भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved