नेशनल लाईफद्वारा ५६ लाख बराबरको मृत्यु दावी भूक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2021 | 02:29:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी National Life Insurance Company  ले मृत्यू दावी भूक्तानीकाे रकम हस्तान्तरण गरेको छ । कम्पनीले लाजिम्पाट स्थित आफ्नो भवनमा आज एक कार्यक्रम आयोजना गरी स्व.सूकूना गूरुङको मृत्यू दावी भूक्तानीको रकम हस्तान्तरण गरेको हो । 

 कम्पनीकाअनुसार स्व.गूरुङले सन् २०१९ जून ३ मा रु. ५० लाखको दोहोरो दूर्घट्ना लाभ सहितको १० वर्षे अमृत श्री जीवन वीमालेख खरीद गरेको र सन् २०२१ मे २८ मा निजको कोरोनाको कारणबाट मृत्यू भएकोले कम्पनीले वीमा दावी वापत रु.५६ लाख ३० हजार स्व. गूरुङको इच्छाइएको व्यक्ति निजको छोरा बिजेन्द्र गूरुङलाई भूक्तानी गरेको हो ।

उक्त रकम नेशनल लाईफ इन्स्योरेन्सको बित्त विभाग प्रमूख प्रज्जवल सायमीले हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । 

कार्यक्रममा उक्त दावी आवश्यक कागजात प्राप्त भएको छ दिन भित्र नै दाबी फछर्यौट गरिएको जानकारी दाबी विभागका प्रमूख नबिन श्रेष्ठले गराएका थिए  ।






Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved