रिलायन्स लाइफ इन्स्योरेन्सले चौथो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
कम्पनीको कर्पोरेट कार्यालयसहित ५ स्थानमा सम्पन्न सो रक्तदान कार्यक्रममा जम्मा १४७ जनाले रक्तदान गरेका थिए ।
कम्पनीले चौथो वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम संचालन गरेको हो । उक्त कार्यक्रममा कम्पनीका संचालक, शेयरधनी, रिलायन्स साथी, संघ संस्थाका प्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको राम्रो उपस्थिति रहेको थियो ।