महालक्ष्मी लाइफ इन्स्योरेन्सद्धारा मृत्यू दावी रकम भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2022 | 03:06:14 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाइफ इन्स्योरेन्सले मृत्यू दावी रकम भुक्तानी गरेको छ । झापा गोलधापका गोविन्द योङहाङ्गको मृत्यू भएपछि उनको परिवारलाई मृत्यू दावी रकम भुक्तानी दिइएको कम्पनीले जनाएको छ । 

कम्पनीका उप क्षेत्रिय प्रवन्धक गुन्जन थापाले स्वर्गीय गोविन्दकी श्रीमती अमृता योङहाङ्गलाई मृत्यू दावी रकम हस्तान्तरण गरेका हुन् ।  मृतक गोविन्द योङहाङ्गले एजेन्सी मेनेजर निरा राई मार्फत गएको असारमा पाँच लाखको बिमा गरेका थिए । उनले पाँच लाखको बिमा गर्दा पहिलो किस्ताको ४१ हजार रकम मात्र रकम बुझाएका थिए । जसबाट कम्पनीले योङहाङ्गका परिवारलाई १० लाख बिस हजार दावी रकम उपलब्ध गराएको हो । 

त्यस्तै सोही परिवारले महालक्ष्मी लाइफमा एक लाखको जिवन हेरचाह बिमा गरेको थियो । सो को समेत एक लाख रकम कम्पनीले भुक्तानी दिएको छ । गोविन्दको बिमा गरेको तीन महिना पछि अर्थात असोजमा कोरोना संक्रमणका कारण मृत्यू भएको थियो ।   

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved