प्रभु इन्स्योरेन्स पनि मर्जमा जाने, बाटो खुलाउन विशेष साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2022 | 08:37:01 AM मा प्रकाशित

laxmi  sunrise bank sanima  bank

प्रभु इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले असार २८ गते मंगलबार बिहान ११ बजे तिनकुने स्थित प्रभु कम्प्लेक्समा सभा आह्वान गरेको हो 

सभामा कम्पनीले मर्जरमा जानको लागि सम्झौता गर्ने बाटो खुलाउने प्रस्ताव पेश गर्ने छ ।  कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसँग एक आपसमा गाभ्ने नाभिने (Merger) तथा प्राप्ती (Acquisition) गर्ने सम्बन्धी निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चलअचल सम्पत्ति र दायित्व मुल्याङ्कन (Due Diligence Audit) गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गनं, निजको पारिश्रमिक निर्धारण गर्न लगायतका मर्जर तथा प्राप्ती सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश गर्न लागेको हो।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved