थेसिस लेख्न विद्यार्थीलाई ४ लाखसम्म दिंदै नेपाल पुनर्बीमा कम्पनी, आवेदन आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2022 | 10:28:09 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बीमा कम्पनीले उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुको लागि शोधवृत्ति प्रदान गर्न आवेदन माग गरेको छ । कम्पनीले मास्टर्स, एमफिल र पीएचडि तहका विद्यार्थीहरुलाई शोधवृत्ति प्रदान गर्न आवेदन माग गरेको हो

कम्पनीले  कम्पनीको शोधवृत्ति सञ्चालन कार्यविधि, २०७८ तथा आ.व २०७९/८० को लागि स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत नेपालमा जोखिम व्यवस्थापन, बीमा, पुनर्बीमाका सिद्धान्त र अभ्यासको प्राज्ञिक प्रवर्द्धन गर्न र बीमा सम्बन्धमा प्रमाणमा आधारित नीति निर्माणमा उपयोगी हुने ज्ञानको विस्तारको लागि नेपालका विश्वविद्यालयका स्नातकोत्तर, एम.फिल र विद्यावारिधि तहमा अध्ययनरत विद्यार्थीलाई शोधवृत्ति प्रदान गर्न लागेको जनाएको छ । कम्पनीले शोधार्थीलाई उनीहरूको शैक्षिक कार्यक्रम अन्तर्गतको शोधप्रबन्धको लागि सामाग्री हुने गरी आधारभूत प्राज्ञिक अनुसन्धान गराउन  प्रतिस्पर्धाद्वारा विद्यार्थीहरूको छनौट गरिने उल्ल्लेख गरेको छ ।

“नेपाल पुनर्बीमा कम्पनी लिमिटेड शोधवृत्ति सञ्चालन कार्यविधि, २०७८" कम्पनीको वेवसाईट https://nepalre.com.np/en/nric-downloads मा उपलब्ध रहेको र इच्छुक विद्यार्थी/शोधार्थीहरूले कम्पनीको कार्यालयमा वा nepalreantc.net.np मा ईमेलमार्फत् २०७९ कार्तिक ३० गते भित्र “नेपाल पुनर्बीमा कम्पनी लिमिटेड शोधवृत्ति सञ्चालन कार्यविधि, २०७८" को अनुसूची २ बमोजिमको आवेदन र आवश्यक कागजात पेश गर्न सूचित गरेको छ।

कम्पनीका अनुसार मास्टर्स तहमा १ लाख, एमफिल तहमा २ लाख र पीएचडि तहमा  ४ लाख बराबरको शोधवृत्ति प्रदान गर्ने जनाएको छ 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved