२ पुनर्बीमा कम्पनीहरुको लगानी पौने २८ अर्ब, कहाँ कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2022 | 01:07:26 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपालमा सञ्चालित दुई पुनर्बीमा कम्पनीहरुले करिब पौने २८ अर्ब भन्दा बढी लगानी गरेका छन्। नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुल २७ अर्ब ७७ करोड ४४ लाख रुपैयाँ लगानी गरेका हुन्। गत आर्थिक वर्षको तुलनामा पुनर्बीमा कम्पनीको लगानी १०.०७ प्रतिशत बढी हो। 

यस अवधिमा नेपाल पुनर्बीमा कम्पनीले कुल २० अर्ब १ करोड ४ लाख रूपैयाँ लगानी गरेको छ। जुन कुल लगानीको ७२.०५ प्रतिशत हो। यस्तै, हिमालयन रिले ७ अर्ब ७६ करोड ४० लाख रूपैयाँ लगानी गरेको छ।

पुनर्बीमा कम्पनीहरुले कुल लगानीको ८५.९२ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा गरेका छन्। दुवै कम्पनीले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा २३ अर्ब ८६ करोड ४४ लाख रुपैयाँ लगानी गरेका हुन् । 

कम्पनीहरूले 'क' वर्गको बैंकको मुद्दती निक्षेपमा २१ अर्ब ९० करोड १२ लाख रुपैयाँ र 'ख ' वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १ अर्ब ९६ करोड ३१ लाख रुपैयाँ लगानी गरेका छन्। कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ९ करोड ४७ लाख रुपैयाँ र क, ख र ग बर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा कम्पनीहरुले २ अर्ब ३७ करोड ३८ लाख रुपैयाँ लगानी गरेका छन्। 

यस्तै, पुनर्बीमा कम्पनीहरुले म्यचुअल फण्ड र नागरिक लगानी कोषमा १३ करोड ५१ लाख रूपैयाँ र नेपाल सरकारको बचतपत्रमा ३० करोड रुपैयाँ लगानी गरेका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved