अब टिमुर र पुदिना खेतीको बीमा गर्न सकिने, यस्तो छ फाइदा र बीमा गर्ने प्रकिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2022 | 02:44:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले टिमुर र मेन्था ‘पुदिना’ बीमालेखको पोलिसी जारी गरेको छ। व्यवासायीक रुपमा टिमुर र पुदिनाको उत्पादन गर्ने किसानलाई उत्पादनको सुरक्षाको लागि सरकारसँगको समन्वयनमा प्राधिकरणले बीमालेख जारी गरेको हो। 

प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले बजारको माग र वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वनस्पति विभागको समन्वयनमा यी बीमालेख जारी गरिएको बताए। ‘सरकारले बजेट अनुदान पनि छुट्टाएको छ। मन्त्रालयबाट यी बीमालेख जारी गर्ने सन्दर्भमा माग पनि भयो। साथसाथै किसानहरुले पनि बेलाबेला सोध्दै आएको पाईएको छ।’ उनले भने, ‘यी सबै उठेका विषयको अन्तरसम्बन्धलाई प्राधिकरणले बिचार गरी बीमालेख जारी गर्ने निर्णय गरेको हो।’

प्राधिकरणले जारी गरेको पोलिसि अनुसार टिमुर खती बीमालेख लागत र उत्पादनमा आधारित छ भने पुदीना लागतमा आधारित रहेको छ। यी दुवैको खेतीमा हुने क्षतिको परिपुर्ति तथा किसानलाई निर्धक्क रुपमा खेती गर्ने बातावरण बनाउने उद्देश्यले यी बिमालेख आएको कार्यकारी निर्देशक पौडेलले बताए। 

खेती गरिरहेका वा गर्न चाहने व्यावसायीले आफै आफ्नो खेतीको मुल्याङकन गरेर सोही अनुसार बीमा गर्न पनि सक्छन् भने आवश्यकता अनुसार कम्पनी वा प्राधिकरणमै आएर पनि जानकारी लिन सकिने प्राधिकरणले जनाएको छ। 

यी दुवै प्रकारका बीमालेखमा बीमितले गरेको व्यावसाय ८ प्रकारका क्षतिबाट भएमा बीमा बहन गर्ने छ। 

–अग्निजन्य क्षतिः आगलागी वा अग्नको कारणले भएको क्षति

–हावाजन्य क्षतिः हुरीबतास, आँधिबेहरी वा तुफानको कारणले भएको क्षति

–पानीजन्य क्षतिः अतिवृष्टि वा बेमौसमी वर्षाको कार हुने क्षति, असिना वा हिउँको कारणले भएको क्षति

–मौसमजन्य क्षतिः खडेरि, तुसारोको कारणले हुने क्षति

–भूमिजन्य क्षतिः भुकम्प, पहिरो वा भु–स्खलनको कारणले हुने क्षति

–चट्याङजन्य क्षतिः चट्याङकोक कारणले भएको क्षति

–आकस्मिक दुर्घटनाजनय बाहय कारणबाट हुने क्षतिः जंगली जनावरको आक्रमण(खाएर, कुल्चिएर, माडेर, खोस्रे, उधिनेर वा झारेर) बाट भएको क्षति

–रोग वा किराजन्य क्षतिः रोगको कारणले भएको क्षति, किराको कारणले भएको क्षति

बीमितलाई अतिरिक्त सुविधा

माथि उल्लेखित तवरबाट खेतीमा क्षति भएमा बिमितले क्षतिपुर्ति पाउँछ। साथै सोही अवधिमा दुर्घटनाको कारण मृत्यु भएमा, स्पाइनल इन्जुरीको कारण पुन ठिक नहुने गरी रिढंको हड्डी काम नलाग्ने भएमा बिमितले अतिरिक्त २ लाख रुपैयाँ पाउँछ। यो अतिरिक्त रकम बिमितको एउटा हातको नाडीदेखि माथि पुरै हात काम नलाग्ने भएमा, खुट्टाको गोलीगाँठो देखि माथि पुरै खुट्टा काम नलाग्ने भएमा वा दुवै आँखाको दुष्टि गुमेमा पनि २ लाख बराबरको अतिरिक्त रकम बिमितले पाउने व्यवस्था छ। 

बीमा रद्द हुने अवस्था

खेती बीमामा कतिपयले भुक्तानी नपाएका कुराहरु बेलाबखत बाहिरएका हुन्छन्। कहिले काँही कम्पनीले नै ढिलासुस्ति पनि गरेका हुन्छन् भने यस्ता घटना प्राय बिमितले ध्यान नदिएर पनि हुने गरेको छ। यसरी भुक्तानी नपाएर आउने धेरैजसो बिमितलाई बिमालेख रद्दपनि हुने कुरा जानकारीमा हुँदैन। 

टिमुर र पुदिनाको बीमालेख रद्द हुने अवस्थाहरु

–बीमति(व्यावसायको बीमा गर्ने व्यक्ति) ले बीमालेखमा भएको शर्त उल्लंघन गरेमा

–बीमाको मुलभूत विवरण ढाँटेको वा गलत ढंगले गरेको भएमा

–बीमा गरेको वस्तुको उचित स्याहार सम्भार नगरी गम्भीर लापरवाही गरेमा

–बीमा गरेको वस्तु त्याग गरेमा

–गैर कानूनी तवरले बीमा गराएमा

–बीमायोग्य हित कायम नभएमा

–बीमितले लिखित रुपमा बीमालेख रद्द गन अनुरोध गरेमा

उल्लेखित अबस्थामा बिमालेख रद्द हुने गर्छ। तर, बिमितलाई जानकारी नगराई भने कम्पनीले रद्द गर्न सक्दैनन। एक हप्ता अगाडी नै स्पष्टिकरण माग गरि रद्द गर्ने निर्णय गर्नुपर्छ। 

साथै, खेतीमा नियोजित रुपमा क्षति पुर्याएको पाइएमा तोकिए बमोजिमको कुनै पनि दाबी पाउन सकिने छैन। खेतीको स्वामित्व परिर्वतन वा हस्तान्तरण गरेपछि पनि बिमितले ३० दिनभित्र बीमा कम्पनीलाई जानकारी गराउनु पर्छ। जानकारी गराएपछि निशुल्क नामसरी हुन्छ। अन्यथा यस्तो बीमालेख कम्पनीले निष्कृय गराउन वा बिमितलाई पुनः केही दस्तुर लिई नविकरण गर्ने सक्छन्। यद्यपी यसको बारेमा भने स्पष्ट व्यवस्था गरिएको छैन।  

कसरी हुन्छ बीमाङ्क र बीमा शुल्क गणना? 

टिमुर खेतीको बीमाङ्क गणना गर्दा टिमुर बोटको संख्या र प्रति बोटको लागत मूल्य गणना गरिन्छ । त्यस्तै बीमा शुल्क गणना गर्दा बीमाङ्क रकमको तीन प्रतिशत अनुसार तय गरिन्छ । कृषकले बीमा शुल्क भुक्तानी गर्दा नेपाल सरकारले बेहोर्ने अनुदान रकम घटाएर बाँकी रकम मात्रै भुक्तानी गर्न पाउँछन्। 

त्यस्तै पुदिना खेतीको बीमा शुल्क गणना गर्दा पुदिना खती गरेको क्षेत्रफल (कठ्ठामा), प्रति कठ्ठा कच्चा पदार्थ उत्पादन किलोमा र प्रतिकिलो कच्चा पदार्थको मूल्यलाई गुणन गरिन्छ । यसरी तीन वटै पक्षलाई गुणन गरेर आउने अंक नै बीमाङ्क रकम हुनेछ । बीमा शुल्क गणना गर्दा माथिको बिधिबाट प्राप्त बीमाङ्क रकमको ४ प्रतिशत नै बीमा शुल्क हुनेछ ।

कहीले गर्ने ?

टिमुर खेती गरेको तीन महिनापछि बीमा गर्नुपर्ने छ भने पुदिना खेतीको लागि सकर(पुदीनाको माउ बोटको जमिनमुनि फैलिएको काण्ड जसलाई रोपण सामाग्रीको रुपमा प्रयोग गरिन्छ।) रोपेको एक महिनाभित्र बीमा गर्नुपर्छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved