सिटिजन लाइफले सुरु गर्यो सुनौलो १०० दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2023 | 11:12:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा जागरण अभियान अन्तर्गत सुनौलो १०० दिन कार्यक्रमको सुरु गरेको छ । देशमा आर्थिक तरलता संकट रहेको चुनौतीपुर्ण समयलाई अवसरमा रुपान्तरण गर्ने उद्देश्यले अभियानको चलाएको कम्पनीले जनाएको छ ।

बुटवल क्षेत्रमा आयोजना गरेको एक कार्यक्रमा  सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत, भुषण रिमाल, पश्चिम क्षेत्र साथै मध्य र मध्य पश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृतहरु धोज बहादुर खड्का र  सुनिल पोखरेलले यो अभियानको उद्घाटन गरेका हुन् । कम्पनीले आफ्नो ब्राण्ड एम्बेसेडर महजोडीसँगको सहकार्यमा अभियानलाई सम्पन्न गर्ने बताएको छ ।

अभियानको मूल उद्देश्य आम मानिसमा बीमाको पहुँच पर्याउने साथै यसका फाइदा, यसमा रहेको रोजगारीको अवसरको चेतना बिकास गर्दै, विभिन्न स्थानीय तहमा व्यवसायिक अभिकर्ता निर्माण गर्नु रहेको कम्पनिको उदेश्य रहेको छ  ।

चुनौतिपूर्ण समयमा चुनौतीप्रती मात्र केन्द्रित नभएर सुनौलो दिन बनाउने उदेश्य लिई  केन्द्रीत रहदा सुनौला दिन हासिल गर्न सकिने कम्पनिले बिस्वास लिएको छ । बीमा विलासिता हैन अनिवार्य आवश्यकता हो भन्ने जनचेतना जगाउने उदेश्यले चालु आर्थिक बर्षका बाँकी १०० दिनलाई सुनौलो बनाउन लागेको कम्पनीले जनाएको छ ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved