नेपाल र जापानको बीमक संघको आयोजनामा काठमाडौँमा संयुक्त सेमिनार हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2023 | 05:01:22 PM मा प्रकाशित

laxmi  sunrise bank

जीवन बीमक संघ नेपालले जापानको जीवन बीमक संघ फालिया (फाउन्डेसन फर दि एडभान्समेन्ट अफ लाइफ एण्ड इन्स्योरेन्स अराउण्ड दि वल्र्ड) सँग मिलेर संयुक्त सेमिनार गर्ने भएको छ ।  २०८० साल, बैशाख १२ गते काठमाडौंको रविभवन स्थीत होटेल क्राउन इम्पेरियलमा ‘जापान–नेपालः टप लेभल म्यानेजमेन्ट सेमिनार’ आयोजना हुने भएको हो । 

जीवन बीमक संघले संघका अध्यक्ष पोषक राज पौडेलको पहलमा फालियासँग मिलेर पहिलोपटक यस्तो सेमिनार आयोजना गर्न लागेको हो । उनले आफ्नो जापान भ्रमणमा फालियाका प्रतिनिधिहरुसँग भेटघाट गरेका थिए । सोहि भेटघाटमा उनले नेपालमा पनि एउटा सेमिनार आयोजना गर्ने प्रस्ताव गरेका थिए । फालिया र जीवन बीमक संघ नेपालले आगामी दिनमा पनि एक आपसमा सहकार्य गर्दै थप कार्यक्रम गर्दै जाने सहमति समेत गरेको अध्यक्ष पोषक राज पौडेलले जानकारी दिएका छन् । 

संघले सम्पूर्ण जीवन बीमा कम्पनीहरुलाई प्रमुख कार्यकारी अधिकृत सहित तीन जना प्रतिनिधिहरुलाई सहभागी हुन आमन्त्रित गरेको छ । संघले बैशाख ७ गतेसम्म सहभागीको सूची बुझाउन सम्पूर्ण कम्पनीलाई पत्राचार समेत गरिसकेको छ ।

बैशाख १२ गते विहान ९ बजेदेखि कार्यक्रम सुरु हुने संघले जनाएको छ। सेमिनारको प्रारम्भमा जीवन बीमक संघ नेपालका अध्यक्ष पोषक राज पौडेल र फालियाका प्रबन्ध निर्देशकले संबोधन गर्नेछन् । एक दिने सेमिनारमा तीन वटा सेसन सञ्चालन हुनेछन् । पहिलो सेसन ७० मिनेटको रहनेछ जसमा फालियाको तर्फबाट “द्रुत गतीमा बदलिरहेको व्यापार वातावरणमा जीवन बीमा उद्योगका चुनौतीहरू” विषयमा प्रस्तुतिकरण रहेको छ । दोश्रो सेसनमा “जापानको जीवन बीमा उद्योगमा आएको परिवर्तन र नेपालको जीवन बीमा कम्पनीहरूका लागि सुझावहरू” बारे प्रस्तुतिकरण रहेको छ । साथै तेश्रो सेसन “जीवन बीमा कम्पनीको दिगोपन व्यवस्थापन” सम्बन्धी रहेको छ । सेमिनारको अन्तिममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले संबोधन गर्ने संघले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved