फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स र बैकिङ फाइनास एण्ड इन्स्योरेन्स इन्स्टिच्युटबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2023 | 09:00:55 PM मा प्रकाशित

laxmi  sunrise bank

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड  र बैकिङ फाइनास एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालबीच सम्झौता भएको छ । बीमा क्षेत्रको क्षमता विकासका लागि तालिम , सेमिनार , सम्मेलन, अनुसन्धान तथा परामर्शका क्षेत्रमा दीर्घकालीन रणनीतिक विकास गर्नका लागि सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको हो।

सो सम्झौतापत्रमा फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडको तर्फबाट कम्पनी सचिव अल्पना शर्मा र रिर्सच एनालिष्ट सौरभ बराल तथा बैकिङ फाइनास एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालको तर्फबाट प्रबन्धक निसु भगत र प्रशासन तथा वित्त अधिकृत मतिराम पौडेल बीच भएको कम्पनीले जनाएको छ ।  

यस अन्तर्गत, बीमा व्यवसाय संग सम्वन्धित आवश्यक क्षमता विकासको विभिन्न कार्यहरु गर्नको लागि दुवै संस्थाहरु मिलेर काम गर्न सहमत भएका छन् । दुवै संस्थाहरुले संयुक्त सभा सम्मेलन, सेमिनार तथा प्रशिक्षण कार्यक्रमहरु निरन्तर रुपमा आयोजना गर्ने साथै, यस सम्झौता पश्चातः संयुक्त अध्ययन र अनुसन्धान र परामर्श सेवाहरु संचालन गर्न सहयोग गर्नेछन र विभिन्न प्रदर्शनी, व्यापार मेला, गोष्ठी, सम्मेलन, वा बीमा सम्बन्धी कार्यक्रमहरु संयुक्त रुपमा आयोजन गर्न दुवै संस्थाहरु सहमत भएका छन् ।  

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड  २०२२ मा पब्लिक लिमिटेडको रुपमा स्थापित  भई नेपालमा पुनर्बीमा दलाली सम्बन्धी सेवा तथा प्ररामर्श प्रदान गर्न नेपाल बीमा प्राधिकरणबाट इजाजत पत्र लिई कार्य प्रारम्भ  गरिसकेको छ। बैकिङ फाइनास एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल बैंकिड्ढ, बीमा तथा पुँजी बजार क्षेत्रमा कर्मचारीहरुको ज्ञान, शीप तथा क्षमता अभिवृद्धि गर्न तालिम, कार्यशाला र सेमिनारहरु प्रदान गर्न २०१८ मा पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित भएको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved