भदौसम्म जीवन बीमा कम्पनीले आर्जन गरे २९ अर्ब १२ करोड बीमा शुल्क, कसको कति (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2023 | 01:45:02 PM मा प्रकाशित

laxmi  sunrise bank

जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको भदौ सम्ममा २९ अर्ब १२ करोड ९८ लख रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले १ करोड ३४ लाख ५१ हजार ८ सय २२ वटा बीमा पोलिसी बिक्री गरी सो बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।

हाल सञ्चालनमा रहेका १४ कम्पनीहरुले प्रथम बीमा शुल्क बापत ४ अर्ब ३३ करोड ५३ लाख रुपैयाँ र नविकरणमार्फत २४ अर्ब ६९ करोड ४४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । त्यस्तै यो अवधिमा दुई लघुबीमाले १३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । गार्डियन माइक्रो लाईफले १० लाख रुपैयाँ र क्रेष्ट माइक्रोले ३ लाख बीमा शुल्क संकलन गरेको छ । 

जीवन बीमा कम्पनीमध्ये नेपाल लाईफले सबैभन्दा बढी ८ अर्ब १ करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले एक अर्ब ८ करोड ४९ लाख प्रथम बीमा शुल्क र ६ अर्ब ९२ करोड ६८ लाख  नविकरण मार्फत प्रिमियम संकलन गरेको हो । त्यस्तै सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले ३ अर्ब ५६ करोड ८५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको देखिन्छ । त्यस्तै तेस्रो नम्बरमा लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ३ अर्ब ६ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । 

त्यस्तै, हिमालयन लाईफले २ अर्ब ९५ करोड ७९ लाख रुपैयाँ र नेशनल लाईफले २ अर्ब ९० करोड ७७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । 

यता, सुर्यज्योति लाईफले एक अर्ब ५५ करोड, एशियन लाईफले एक अर्ब २२ करोड, सानिमा रिलायन्स लाईफले एक अर्ब एक करोड ५९ लाख, सिटिजन लाईफले एक अर्ब एक करोड १० लाख रुपैयाँ, मेट लाईफले ९२ करोड १२ लाख, प्रभु महालक्ष्मीले ८२ करोड ४९ लाख, आईएमई लाईफले ७६ करोड ३१ लख रुपैयाँ, रिलायवल लाईफले ६७ करोड ७४ लाख र सन नेपाल लाईफ ६३ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । 

हेरौं कुन कम्पनीको बीमा शुल्क आर्जन कति छ :-

सार्वजानिक विवरण अनुसार प्रथम बीमा शुल्क आर्जनमा पनि नेपाल इन्स्योरेन्स नै अगाडि देखिएको छ । कम्पनीले एक अर्ब ८ करोड बढी रुपैयाँको प्रिमियम संकलन गरेको देखिन्छ भने सरकारी स्वामित्वको राष्टिय बीमा संस्थान प्रथम बीमा शुल्क आर्जनमा सबैभन्दा पछाडि रहेको छ । समग्र बीमा शुल्क आर्जनमा दोस्रो स्थानमा रहेको यस संस्थानले यो अवधिमा ७ करोड ६८ लाख रुपैयाँको मात्रै नयाँ व्यवसाय गरेको देखिन्छ ।

समिक्षा अवधिमा आइएमई लाईफ र रिलायवल लाईफले समान २१ करोड ४६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved