ट्रष्ट माइक्रोइन्स्योरेन्सले पायो लाईसेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2023 | 01:43:26 PM मा प्रकाशित

laxmi  sunrise bank

ट्रष्ट माइक्रो इन्स्योरेन्सले इजाजत अनुमति पत्र (लाइसेन्स) पाएको छ । नेपाल बीमा प्राधिकरणले उक्त कम्पनीलाई आईतबार लाइसेन्स प्रदना गरेको हो । 

सातवटै प्रदेशमा लक्षित गरेर लघु बीमा कम्पनीहरु संचालनमा ल्याउने भनिएता पनि ६ वटाले मात्र लाईसेन्स पाएका थिए । ट्रष्ट माईक्रोले भने पाउन सकेको थिएन । 

प्राधिकरणले ट्रष्टको प्रधान कार्यालय लुम्बिनी प्रदेशको बुटवलमा रहने गरी लाईसेन्स दिएको छ । प्राधिकरणका अनुसार उक्त कम्पनीले निर्जीवन लघु बीमा व्यवसाय गर्न लाईसेन्स पाएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved