चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले ४० अर्ब ८० करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो तीन महिनामा १४ वटा जीवन बीमा कम्पनीहरुले उक्त रकम बराबर बीमाशुल आर्जन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
जसमध्ये सबैभन्दा धेरै नेपाल लाईफ ईन्स्योरेन्सले बीमाशुल्क आर्जन गरेको छ । प्राधिकरणका अनुसार नेपाल लाईफले यो अवधीमा १० अर्ब ९५ करोड रुपैयाँ बढी कुल बीमाशुल्क संकलन गरेको हो । यसैगरी, लाईफ ईन्स्योरेन्स कर्पोरेशन नेपाल दोस्रो र हिमालयन लाईफ तेस्रो स्थानमा रहका छन् । उनीहरुले क्रमशः ४ अर्ब ४५ करोड र ४ अर्ब ४३ करोड रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेका हुन् ।
त्यस्तै, कुल बीमाशुल्क संकलन गर्ने चौथो नम्बरमा नेशलन लाईफ र पाचौँ नम्बरमा राष्ट्रिय बीमा संस्थान रहेका छन् । नेशनलले ४ अर्ब १९ करोड रुपैयाँ संकलन गर्दा राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।
बीमा शुल्क संकलनमा सन नेपाल लाईफ कमजोर देखिएको छ । सनले यो तीन महिनामा ८८ करोड रुपैयाँ मात्र बीमाशुल्क संकलन गरेको प्राधिकरणले जारी गरेको तथ्यांकमा उल्लेख छ । सनलाई उछिन्दै रिलायबल नेपाल लाईफले १ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
कुन जीवन बीमा कम्पनीले कति कुल बीमाशुल्क संकलन गरे हेर्नुहोस्