३.८ प्रतिशतले घट्यो निर्जीवन बीमा कम्पनीको व्यापार, ३ महिनामा १० अर्ब बीमाशुल्क संकलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2023 | 05:42:04 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमास (साउन, भदौ र असोज)मा निर्जीवन बीमा कम्पनीहरुले १० अर्ब बढी बीमाशुल्क संकलन  गरेका छन् । चालु आवको यो ३ महिनामा १४ वटा निर्जीवन कम्पनीहरुले १० अर्ब ४४ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । 

 तीन वटा कम्पनीले अर्ब भन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । अर्ब क्लवमा सगरमाथा लुम्बिनी ईन्स्योरेन्स (सलिको), सिद्दार्थ प्रिमियर र शिखर ईन्स्योरेन्स रहेका छन् । यी कम्पनीहरुले पहिलो त्रैमासमा क्रमशः एक अर्ब ३१ करोड ७६ लाख, एक अर्ब ६ करोड ७५ लाख र एक अर्ब ४ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । 

त्यसैगरी, बढी बीमाशुल्क संकलन गर्नेमा हिमालयन एभरेष्ट र आईजीआई प्रुडेन्सीयल चौथो र पाँचौ स्थानमा रहेको छ । यी दुई कम्पनीले यो तीन महिनमा क्रमशः ९४ करोड ८३ लाख र ८६ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको तथ्यांकले देखउछ । 

यी १४ कम्पनीले पहिलो त्रैमासम्मा कुल ६ लाख ८१ ह्जार ४६४ वटा बीमालेख जारी गरेका छन् । 

प्रदेशगत

प्रदेशगत हिसावले निर्जीवन बीमा व्यवसायको ६७ प्रतिशत बागमती प्रदेशमा भएको छ । पहिलो त्रैमासमा संकलित कुल बीमाशुल्कमध्ये बागमती प्रदेशको हिस्सा ६७.४७ प्रतिशत रहेको छ । कुल १० अर्ब ४५ करोड ४७ लाख बीमाशुल्क मध्य ७ लाख ५ करोड ३८ लाख रुपैयाँ बागमती प्रदेशबाट संकलन भएको छ । 

प्रदेशगत रुपमा हेर्दा कर्णाली प्रदेशमा कम्पनीहरुको व्यवसाय न्यून देखिएको छ । कुल बीमाशुल्क मध्य कर्णालीको हिस्सा ०.९० प्रतिशत मात्र  रहेको छ । पहिलो त्रैमाससम्म कर्णालीबाट ९ हरोड ४२ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । 

यसैगरी, प्रदेशगत हिसावमा दोस्रो स्थानमा लुम्बिनी, तेस्रो स्थानमा कोशी र चौथो स्थानमा मधेश प्रदेश रहेको छ । त्यसैगरी, पाँचौ र छैटौँ स्थानमा क्रमशः गण्डकी र सूदुरपश्चिम प्रदेश रहेको तथ्यांकले देखाउँछ । 

निर्जीवन लघुबीमा कम्पनी

यसैगरी, यो अवधीमा निर्जीवन लघुबीमा व्यवसाय गर्ने दुई कम्पनीले ९१ लख ८९ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये नेपाल माईक्रोले ३० लाख ४६ हजार रुपैयाँ र प्रोटेक्टिभ माईक्रोले ६१ लख ४४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यी दुई कम्पनीहरुले पहिलो त्रेमाससम्मा दुई हजार ९ सय ७२ वटा बीमालेख जारी गरेका छन् । नेपाल माईक्रोले एक हजार ६६७ वटा बीमालेख जारी गर्दा प्रोटेक्टिभले एक हजार ३०५ वटा बीमालेख जारी गरेको प्राधिकरणको तथ्यांकले देखाउँछ । गत वर्षको तुलनामा लघुबीमा सहित समावेश गर्दा निर्जीवन बीमा कम्पनीहरुको व्यापार ३.८ प्रतिशतले घटेको देखिन्छ ।  

हेर्नुस् चालु आवको पहिलो त्रैमासमा कसले कति संकलन गरे बीमाशुल्क 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved