लिबर्टी माइक्रो लाईफ पनि अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2023 | 12:59:42 PM मा प्रकाशित

laxmi  sunrise bank

लिबर्टी माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडको भुक्तानी कारोबार नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को प्रणालीमार्फत ह’ने भएको छ । डिजिटल माध्यमबाट भुक्तानी गर्ने गरी लिबर्र्टी नेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ ।

यसका निम्ति लिबर्टी  माइक्रो लाईफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौता पश्चात लिबर्टी माइक्रो लाईफ एनपिएसमा आबद्ध पाँचौ माइक्रो लाईफ इन्सुरेन्स कम्पनी भएको छ ।

यस अन्तर्गत लिबर्टी माइक्रो लाईफका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (NPI) सँग जोडी बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरुबीच सोझै गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । 

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स जनवरी २०२३ मा नेपालको ग्रामीण क्षेत्रहरूमा बीमा सम्बन्धी सेवाहरूको पहुँच विस्तार गर्ने, वित्तीय चेतना प्रदान गर्ने, सीमान्तकृत समुदायलाई बीमा सम्बन्धी विभिन्न सेवाहरु प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको एक पब्लिक लिमिटेड कम्पनी हो ।

लिबर्टी माइक्रो लाइफले आफ्नो सेवा प्रवाह सुधार गर्न विभिन्न डिजिटल च्यानलहरू अपनाइरहेको छ र एनसीएचएलसँगको यस सहकार्यले लिबर्र्टी माइक्रो लाइफको सेवा प्रवाह थप सुदृढ हुने तथा अन्य विभिन्न नयाँ सेवाहरु सुचारु गर्न पनि थप मद्दत पुग्ने विश्वास कम्पनीले लिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved