हिमालयन एभरेष्ट इन्स्योरेन्सले भारतमा जित्यो २ वटा अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2023 | 03:33:24 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन एभरेष्ट इन्स्योरेन्सले भारतमा दुई वटा अवार्ड जितेको छ। इन्डियन चेम्बर्स अफ कर्मशद्वारा आयोजित चौथो आइसिसि इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभमा कम्पनीले २ वटा अवार्ड जितेको हो । 

 हिमालयन एभरेष्ट इन्स्योरेन्स ले "Best Micro Insurer - Nepal" र "Most Effective Adoption of Technology - Nepal" गरी २ विधामा अवार्ड पाएको हो।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले उक्त अवार्ड ग्रहण गरेका थिए।

विश्व मै प्रतिष्ठित परामर्शदाता PWC ले एशियामा उदियमान बीमा कम्पनीहरुको कार्य सम्पादन, व्यवसाय विस्तार, प्रविधिको प्रयोग आदि विधाहरुमा स्वतन्त्र मूल्याङ्कन गरेको आधारमा विभिन्न कम्पनीहरुलाई पुरस्कृत गरिएकोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले Micro Insurance क्षेत्रमा गरेको सेवा प्रवाह र त्यस्को प्रभावकारीतालाई मूल्याङ्कन गर्दै “Best Micro Insurer - Nepal" र प्रविधिको प्रयोगले बीमा सेवा सहजता साथ उपलब्ध गराउदै प्रभावकारी ढंगबाट पहुँच अभिवृद्धि गर्दै लगेकोले “Most Effective Adoption of Technology- Nepal" पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ । अवार्ड समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले विशिष्ट अतिथिका हैसियतले सम्बोधन समेत गरेका थिए।

कम्पनीका अनुसार विमस्टेक राष्ट्रका जिवन तथा निर्जिवन बीमा कम्पनीहरु मध्ये उत्कृष्ट कम्पनीलाई अवार्ड प्रदान गरिएको थियो।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved