सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी रकम भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2023 | 05:02:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले बाल सावधिक बीमा अन्तर्गत बीमा गराएका प्रस्तावकको मृत्युपछि बीमितको संरक्षकलाई ८० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । 

स्व सुरेश चौधरी प्रस्ताव रहेको  बाल सावधिक बीमा लेख  ७०२०००००२०२० अन्र्तगत कम्पनीमा ५ लाख रुपैयाँको बीमा गरेकोमा १ लाख ५० हजार २१५ रुपैयाँ पाँच किस्तामा बुझाइसकेको कम्पनीले जनाएको छ । प्रस्तावक चौधरीको मत्युपछि बीमित १६ वर्ष नपुगुन्जेल संरक्षक आमा सुनिता देवी चौधरीलाई मासिक १० हजार रुपैयाँ दिने साथै बीमाको किस्ता रकम समेत बुझाइदिने भएको छ । 

त्यसअन्तर्गत कम्पनीले ३ महिनाको रकम ३० हजार र ५० हजार किरिया खर्च गरी ८० हजार रुपैयाँको चेक कम्पनीका शाखा प्रमुख योगेन्द्र बिक्रम अधिकारीले मंसिर १२ गते मंगलरबार संरक्षक आमा सुनिता देवी चौधरीलाई हस्तान्तरण गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved