निमित्तको भरमा राष्ट्रिय जीवन बीमा कम्पनी, कहिले सुरु हुन्छ सिइओ नियुक्ति प्रक्रिया ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2023 | 11:22:13 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बीमा संस्थानबाट कम्पनीमा परिणत भएको सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी झण्डै एक महिना यता निमित्तको भरमा चलिरहेको छ । कम्पनीबाट तत्कालिन प्रशासक कवि पाठक बाहिरिएसँगै सञ्चालक समितिको पहिलो बैठकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा महेश रिमाललाई नियुक्त गरेको छ ।

सिए समेत रहेका रिमाल यसअघि संस्थानको नायब महाप्रबन्धक थिए । उनले कात्तिक २१ गतेदेखि निमित्तको जिम्मेवारी सम्हालेका हुन् ।

 सरकारी स्वामित्वको कम्पनी भएको हुनाले कम्पनीमा प्रमुख कार्यकारी अधिकृत सरकारले नियुक्त गर्नेछ । अर्थमन्त्रालयका अनुसार सिइओ नियुक्तिको प्रक्रिया अगाडि बढी सकेको छैन । अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले सरकारले कम्पनीमा निमित्त सिइओ तोकिएको हुँदा कम्पनीको कार्यमा कुनै बाधा नपरेको जानकारी दिए । उनका अनुसार सिइओ नियुक्तिको प्रक्रिया केही दिनमा अगाडि बढ्नेछ ।

कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रिमाल भने संस्थानबाट कम्पनीमा रुपान्तरण भएसँगै त्यसका प्राविधिक, प्रशासनिक लगायत विगत लामो समयदेखि हुन नसकेका लेखा परीक्षणका कार्यलाई द्रुत गतिमा अघि बढाउने योजनामा छन् । कम्पनीमा रुपान्तरण भएपश्चातको अवस्था बुझ्न कार्यालयमा पुग्दा निकै व्यस्त देखिएका उनले तत्कालै आफूसँग नयाँ केही नभएको बताउँदै आफूले अबको एक दुई महिनामै नतिजा दिने गरी काम गर्ने योजनामा रहेको बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved