२१ बीमा कम्पनीले अझै पुर्याउन सकेनन् चुक्तापूँजी, पत्र काट्दै प्राधिकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2023 | 05:00:44 PM मा प्रकाशित

laxmi  sunrise bank

चुक्तापूँजी पुर्याउने समयसीमा तोकिएको चार महिना बितिसक्दा पनि अझै २१ बीमा कम्पनीले पूँजी पुर्याउन सकेका छैन् । बीमा प्राधिकरणका अनुुसार हालसम्म जीवन र निर्जीवन बीमा कम्पनी गरी सात कम्पनीले मात्रै तोकिएको पूँजी कायम गरेका छन् । 

चुक्तापूँजी पुर्याउन नसकेका र पूँजी वृद्धिको कार्य योजना समेत पेश नगरेका बीमा कम्पनीलाई प्राधिकरणले पूँजी वृद्धिको प्रक्रिया पेश गर्न पत्र काट्ने भएको छ । प्राधिकरणले ती कम्पनीलाई सम्भव भएसम्म आजै बुधबार पत्र काट्ने भएको हो । तीन दिनको समयअवधि दिएर ती कम्पनीलाई पत्र काटिन लागिएको प्राधिकरण स्रोतको भनाई छ । 

प्राधिकरणले २०७८ चैतमा नै बीमा कम्पनीहरुको चुक्तापूँजी वृद्धि गरी पूँजी पुर्याउनका लागि २०८० साल असार मसान्तसम्मको समय दिइएको थियो । सो बमोजिम जीवन बीमा कम्पनीले ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउनु पर्ने थियो ।

प्राधिकरणको तथ्यांक अनुसार हालसम्म १४ जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ, हिमालयन लाइफ र नेशनल लाइफले ५ अर्ब रुपैयाँ बढी चुक्ता पूँजी कायम गरिसकेका छन् । बाँकी ११ बीमा कम्पनीले भने तोकेको पूँजी पुर्याउन सकेका छैनन् ।

त्यस्तै जीवन बीमा कम्पनीमध्येका चार कम्पनी जसले हालसालै मात्रै प्रिमियममा शेयर जारी गरेका थिए । ती कम्पनीलाई प्राधिकरणले शेयर प्रिमियमको रकम बोनश शेयरको रुपमा  वितरण गर्न दिने सैदान्तिक स्वीकृति दिएको छ । यी कम्पनीलाई छोडेर पनि अझै सात जीवन बीमा कम्पनीको पूँजी नपुगेको देखिन्छ । पूँजी पुर्याउन नसकेका कम्पनीलाई प्राधिकरणले आज पत्र काट्न लागेको हो । पूँजी पुर्याउन नसकेका कम्पनीमा एशियन लाईफ, लाईफ इन्स्योरेन्स कर्पोरेशन, सानिमा रिलायन्स लाईफ, सुर्यज्योति लाईफ, मेट लाईफ र सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी रहेका छन् । 

त्यस्तै गरी १४ निर्जीवन बीमा कम्पनीहरुमध्ये चार कम्पनी आइजीआई प्रुडेन्सियल, सिद्धार्थ प्रिमियर, शिखर र सगरमाथा लुम्बिनी (सलिको) ले पुँजी पुर्याए पनि १० कम्पनीको भने पूँजी पुग्न सकेको छैन् । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी, प्रभु महालक्ष्मी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एनएलजि, युनाईटेड अजोड,  सानिमा जिआईसी, हिमालयन एभरेष्ट, नेको, नेशनल इन्स्योरेन्स, ओरियण्टल लगायतका कम्पनी रहेका छन् ।

यी कम्पनीहरु मध्ये हालसम्म पनि पूँजी वृद्धिको कार्ययोजना पेश नगरेका कम्पनीहरुलाई प्राधिकरणले पत्र काट्न लागेको हो ।  

यसअघि :- बीमा कम्पनीले आईपीओको प्रिमियमबाट बोनस बाँड्न पाउने, कसको क्षमता कति ?

राष्ट्रिय जीवन बीमा कम्पनीले पायो जिवन बिमकको प्रमाणपत्र, सर्वसाधारणका लागि आईपीओ जारी गर्नुपर्ने


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved