वैदेशिक रोजगारीमा जानेहरुबाट बीमा कम्पनीले संकलन गरे १४५ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2024 | 06:11:14 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जानेहरुबाट १ अर्ब ४५ करोड ४५ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । १० वटा जीवन बीमक कम्पनीले वैदेशिक रोजगार म्यादी जीवन बीमालेखबाट उक्त बीमाशुल्क संकलन गरेका हुन् । 

जसमध्ये सबैभन्दा धेरै सन नेपाल लाईफले बीमाशुल्क आर्जन गरेको छ । यो कम्पनीले यो अवधिमा ३६ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यसैगरी, नेपाल लाईफ ईन्स्योरेन्सले ३२ करोड ५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दा आईएमई लाईफले १६ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो । 

यस्तै, एशियन लाईफले १२ करोड ६६ लाख तथा नेशनल लाईफले १२ करोड ५७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। 

पौष महिनामा मात्र कम्पनीहरुले यो बीमालेख विक्री गरेर २४ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो अवधिमा वैदेशिक रोजगार म्यादी जीवन बीमालेख अन्तर्गत कम्पनीहरुले ५८ लाख ८६३ वटा पोलिसि बेचेका छन् ।

हेर्नुस् कसको कति ?



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved