हिमालयन रिइन्स्योरेन्सले पायो बि प्लस रेटिङ, नेपालमा रच्यो इतिहास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2024 | 12:42:51 PM मा प्रकाशित

laxmi  sunrise bank

केही दिन अघि मात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न स्वीकृती पाएको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले अर्को ऐतिहासिक सफलता हासिल गरेको छ । कम्पनी विश्व विख्यात रेटिङ एजेन्सी AM Best बाट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो कम्पनी भएकोमा B बाट B+ रेटिङमा छलाङ मार्दै पुनः अर्को इतिहास रचेको छ।

नेपाल जस्तो दक्षिण एशिया प्रान्तीय राष्ट्रमा स्थापित यस कम्पनीले AM Best बाट रेटिङ गराएको दोश्रो वर्षमै आफ्नो रेटिङ B बाट B+ मा स्तरोन्नती गराउन सक्नुलाई अन्यन्तै ठूलो उपलब्धीका रुपमा लिन सकिने कम्पनीले जनाएको छ। B+ रेटिङले कम्पनीको वासलात अन्यन्त सबल रहेको जनाउँछ।

कम्पनीले भनेको छ 'स्थापनाको छोटो समयमा नै ३१ वटा देशमा व्यवसाय विस्तार गरी दक्षिण एशियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमाको छवी बनाउन सफल भएको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले AM Best बाट B+ रेटिङ प्राप्त गरेसँगै दक्षिण पूर्व एशिया, मध्य पूर्व, अफ्रिकी तथा युरोप प्रान्तहरुबाट पुनर्बीमा व्यवसाय गर्न ढोका खुल्ला भएको छ ।'

यसले कम्पनीको अन्तराष्ट्रिय पुनर्बीमा व्यवसायमा उल्लेख्य वृद्धि हुने कम्पनीले जनाएको छ । यसबाट कम्पनीले राष्ट्रका लागि बहुमूल्य विदशी विनियम आर्जन गर्न उदाहरणीय योगदान गर्नका साथै नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा स्थापना गर्न समेत टेवा पुग्ने आशा लिएको कम्पनीले जनाएको छ |

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved