मर्जर भएर आएका ४ जीवन बीमा कम्पनीको कस्तो छ ब्यापार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2024 | 04:49:44 PM मा प्रकाशित

laxmi  sunrise bank

मर्जमा गएका जीवन बीमा कम्पनीहरुको ब्यापार (बीमाशुल्क संकलन) करिब ७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा मर्ज भएर एकीकृत कारोबार शुरु गरेका कम्पनीहरुको ब्यापार ६.९८ प्रतिशतले बढेको । 

 गत आर्थिक वर्षमा ९ वटा जीवन बीमा कम्पनीहरु मर्जमा गएर ४ वटा कम्पनी बनेका थिए । मर्जमा जानुपूर्व  ति कम्पनीहरुको ब्यापार गत आर्थिक वर्षको पहिलो ६ महिनामा १६ अर्ब १४ करोड ३४ लाख रुपैयाँ थियो । मर्ज भएर एकीकृत कारोबार गरेका तिनै कम्पनीहरुले चालु आवको ६ महिनामा १७ अर्ब २७ करोड ७ लाख रुपैयाँको ब्यापार गरेको प्राधिकरणको तथ्यांकले देखाउँछ । 

मर्जर भएर ब्यापार बढाउनेमा पहिलो स्थानमा प्रभु महालक्ष्मी लाईफ ईन्स्योरेन्स रहेको छ । जसले १४ प्रतिशत ब्यापार वृद्धि गरेको छ । साविक प्रभु लाईफ र महालक्ष्मी लाईफ मिलेर यो कम्पनी बनेको हो । गत आवको ६ महिनामा प्रभुले १ अर्ब ३ करोड ७६ लाख तथा महालक्ष्मीले ७५ करोड गरेर कुल १ अर्ब ७७ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । मर्जरमा गएपछि बनेको प्रभु महालक्ष्मी लाईफले सोहि अवधिमा २ अर्ब ३ करोड ८२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जुन मर्जर हुनुभन्दा अधिको तुलनामा १४.०१ प्रतिशत बढी हो । 

त्यसैगरी, ३ कम्पनी मर्ज भएर बनेको हिमालयन लाईफले ८.६३ प्रतिशत ब्यापार बढाएको छ । साविकको प्राईम लाईफ, यूनियन लाईफ र गुराँस लाईफ मिलेर हिमालयन लाईफ बनेको हो । गत आवको पहिलो ६ महिनामा यी ३ कम्पनीहरुले छुट्टाछुट्टै गरेको ब्यापार जम्मा ७ अर्ब ४५ करोड ७ लाख रुपैयाँ थियो ।  मर्जर भएपछि चालु आवको ६ महिनामा सो ब्यापार बढेर ८ अर्ब ९ करोड ३६ लाख पुगेको छ । 

सस्तै, सानिमा लाईफ र रिलायन्स लाईफ मिलेर बनेको सानिमा रिलायन्स कम्पनीले ३.८१ प्रतिशत ब्यापार बढाएको छ । त्यसैगरी साविकको सुर्य लाईफ र ज्योति लाईफ मिलेर बनेको सुर्यज्योतिले ३.११ प्रतिशत व्यपार बढाउको प्राधिकरणको तथ्यांकले देखाउँछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved