यी हुन् नेको ईन्स्योरेन्सका ठूला शेयरधनी, आरविविको स्वामित्व सबैभन्दा धेरै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2024 | 05:12:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेको ईन्स्योरेन्समा १ प्रतिशत वा सो भन्दा बढी शेयर भएका लगानीकर्ताको संख्या ९ रहेको छ। यी मध्ये ८ वटा संस्थागत र १ व्यक्तिगत लगानी रहेको छ । 

आर्थिक वर्ष २०७९।०८० को विवरण अनुसार कम्पनीमा सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकको लगानी रहेको छ।  कम्पनीमा आरविविको १५ प्रतिशत अर्थात् ३० लाख १८ हजार ५ सय ३८ कित्ता शेयर स्वामित्व रहेको छ।  त्यसैगरी कृति कुमारी महतोको १०.८८ प्रतिशत शेयर स्वामित्व रहेको छ । महत्वको यो मम्पनीमा २१ लाख ९० हजार ३२२ कित्ता शेयर रहेको छ । 

यस्तै, सिटिजन्स ईन्भेष्टमेन्ट ट्रष्टको ८.१२ प्रतिशत स्वामित्व , बिके विनायक प्राईभेट लिमिटेडको ७.०२ प्रतिशत स्वामित्व, कृषि विकास बैंकको ३.३४ प्रतिशत स्वामित्व, फण्ड म्यानेजमेन्ट कम्पनीको २.४५ प्रतिशत स्वामित्व तथा  एसभीआर पब्लिक प्राइभेट लिमिटेडको १.३५ प्रतिशत स्वामित्व  रहेको छ । 

यसैगरी, एजी प्राईभेट लिमिटेड र नेपाल शेयर मार्केट एण्ड फाईनान्स लिमिटेडको क्रशमः १.०२ र ०.८७ प्रतिशत स्वामित्व  रहेको छ । 

हेर्नुस् कसको कति शेयर ?




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved