यी हुन् सानिमा रिलायन्स लाइफका ठूला लगानीकर्ता, सबैभन्दा धेरै सिद्दार्थ बैंकको

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2024 | 04:40:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्समा एक वा सोभन्दा बढी स्वामित्व रहेका शेयर धनीहरुको संख्या १० रहेको छ । कम्पनीका उक्त १० ठूला लगानीकर्ता मध्ये २ वटा संस्थागत र ८ वटा व्यक्तिगत लगानी गरेका शेयरधनीहरु रहेका छन् । 

आर्थिक वर्ष २०७९/८० को विवरण अनुसार जसमध्ये सबैभन्दा धेरै शेयर सिद्दार्थ बैंकको रहेको छ । उक्त बैंकको यस कम्पनीमा १२.५७ प्रतिशत शेयर हिस्सा रहेको छ । त्यसैगरी, अग्नि होल्डिङ्सको ४.७६ प्रतिशत तथा सविता केडीयाको २.३१ प्रतिशत स्वामित्व रहेको छ । 

यस्तै, मनोज कुमार केडीया, पवन कुमार अग्रवाल र देवराज राजभण्डारीको समान १.९० प्रतिशत स्वामित्व रहेको छ । त्यस्तै, भरत कुमार तोदी र नरेन्द्रकुमार अग्रवालको समान १.४३ प्रतिशत, ऋषि अग्रवालको १.३१ प्रतिशत र राहुल अग्रवालको १.१९ प्रतिशत शेयर स्वामित्व रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved