६ लघुबीमा कम्पनीको दोस्रो त्रैमास, ब्यापारमा क्रेष्ट र नेपाल माइक्रो अगाडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2024 | 06:09:35 PM मा प्रकाशित

laxmi  sunrise bank

लघु बीमक कम्पनीहरुले ६ महिनामा ७ करोड बढीको व्यापार गरेका छन् । हालसम्म कारोबार सञ्चालन गरेका लघु बीमक कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा ७ करोड ३ लाख रुपैयाँको व्यापार गरेका हुन् । 

हाल ६ वटा लघु बीमक कम्पनीहरु सञ्चालनमा रहेका छन् । नेपाल बीमा प्राधिकरणबाट भने ७ वटाले लाईसेन्स पाएको भएतापनि  एउटा  कम्पनीले कारोबार सुरु गरेको छैन । 

कारोबार गर्नेहरु ३ वटा जीवन तर्फको लघुबीमा व्यवसाय गर्छन् भने ३ वटाले निजीवन तर्फको व्यवसाय गर्छन् । यो ६ महिनामा निर्जीवन व्यवसायी गर्ने ३ लघु बीमकले ४ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा जीवन बीमा व्यवसाय गर्ने ३ लघु बीमक कम्पनीले भने २ करोड ५२ लाख रुपैयाँ संकलन गरेका छन् । 

यसरी धेरै बीमाशुल्क संकलन गर्नेमा निर्जीवन तर्फ नेपाल माइक्रो रहेको छ । जसले यो ६ महिनामा २ करोड ३७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यसैगरी, प्रोटेक्टीभ माइक्रो र स्टार माइक्रोले क्रमशः १ करोड ४५ लाख र ४७ लाख रुपैयाँको व्यापार गरेका छन् । स्टारले गएको मसिंरको दोस्रो हप्तादेखि मात्र कारोबार सुरु गरेको हो । 

यता जीवन तर्फ सबैभन्दा धेरै क्रेष्ट माइक्रो लाइफले बीमाशुल्क संकलन गरेको छ । पछिल्लो ६ महिनामा यो कम्पनीले १ करोड ५७ लाख रुपैयाँ बढी बीमाशुल्क संकलन गरेको छ । त्यसैगरी, गार्डियन माइक्रो लाइफ र लिवर्टी माइक्रो लाइफले क्रमशः ६६ लाख र २८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । 

बीमालेख

हालसम्म जीवन तर्फ १४ लाख ४१ हजार वटा बीमालेख सक्रिय रहेका छन् भने निर्जीवन तर्फ हालसम्म २० हजार ३७३ वटा बीमालेख जारी भएको छ । पौष महिनामा मात्र जीवन तर्फ ५ हजार ९५२ वटा पोलिसि विक्री भएका छन । 

त्यसैगरी पौष महिनामा निर्जीवन तर्फ ८ हजार १७३ वटा पोलिसि विक्री भएको नेपाल बीमा प्राधिकरणको तथ्यांकले देखाउँछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved