सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरुलाइ कृत्रिम हात र खुट्टा सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2024 | 04:42:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले असहाय व्यक्तिहरुलाइ सहयोग प्रदान गरेको छ । जन्मजात अथवा कुनै भबितब्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरुलाई कम्पनीले रु १ लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको छ । 

रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिब नाथ पाण्डेले उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन्।  कार्यक्रममा कम्पनीको डेपुटी सिईओ नीराजन कंडेल , एरिया म्यानेजर ईशा प्रधान लगायतको उपस्थिति रहेको थियो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ५ ओटा कृत्रिम खट्टाहरू  र ३ ओटा कृत्रिम हातहरू प्रदान गरेको थियो । कम्पनीले  यस्ता खालका सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिने पनि जनाएको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved