७ महिनामा जीवन बीमा कम्पनीको व्यापार ८६ अर्ब, ३ वटाको बीमाशुल्क संकलन १० अर्ब बढी (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2024 | 07:04:29 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ७ महिनामा जीवन बीमा कम्पनीहरुले ८६ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । चालु आवको माघ मसान्तसम्म १४ वटा जीवन बीमकले ८६ अर्ब ८८ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हुन् । 

गत आवको सोहि अवधिको तुलनामा कम्पनीहरुले ४.१८ प्रतिशत बढी बीमाशुल्क संकनल गरका हुन् । गत आवको ७ महिनामा ८३ अर्ब ३९ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । 

यो ७ महिनामा नेपाल लाईफ ईन्स्योरेन्सले सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गरेको छ । नेपाल लाईफले माघको मसान्तसम्म २३ अर्ब २० करोड ७४ लाख रुपैयाँ बढी कुल बीमाशुल्क संकलन गरेको हो ।

यसैगरी, लाईफ ईन्स्योरेन्स कर्पाेरेशन नेपालले १० अर्ब १४ करोड ६९ लाख रुपैयाँ संकलन गर्दा नेशनल लाईफले १० अर्ब ५ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क संकनल गरेको छ ।

यस्तै, हिमालयन लाईफ ईन्योरेन्सले ९ अर्ब ९१ करोड ३४ लाख, सुर्यज्योति लाईफ ईन्स्योरेन्सले ५ अर्ब ३ करोड २२ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ९८ करोड १९ लाख र सानिमा रिलायन्स लाईफले ३ अर्ब ३८ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

हेर्नुस् कुनको कति ?



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved