यी हुन् आईजीआई प्रुडेन्सियलका ठूला लगानीकर्ता, सबैभन्दा धेरै हेमराज र चन्द्र ढकालको

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2024 | 11:52:10 AM मा प्रकाशित

laxmi  sunrise bank

आईजीआई प्रुडेन्सियल ईन्स्योरेन्समा १ प्रतिशत भन्दा धेरै शेयर स्वामित्व हुने लगानीकर्ताहरुको संख्या १५ रहेको छ । आर्थिक वर्ष २०७९/८० को विवरण अनुसार  कम्पनीमा भएका ठूला लगानीकर्ता मध्ये १० जना व्यक्तिगत र ३  संस्थागत लगानीकर्ता रहेका छन् । 

 कम्पनीमा सबैभन्दा धेरै स्वामित्व हेम राज ढकालको रहेको छ । कम्पनीमा हेम राज ढकालको शेयर स्वामित्व ६.०५ प्रतिशत छ भने चन्द्र प्रसाद ढकालको ४.६२ प्रतिशत स्वामित्व रहेको छ । 

त्यसैगरी, उसा ईन्भेष्टमेन्टको ४.४७ प्रतिशत, नेपाल बैंकको ४.१३ प्रतिशत, आरएमसी ईन्भेष्टमेन्टको २.५४ प्रतिशत, हाथवे ईन्भेष्टमेन्टको १.९० प्रतिशत, कुमार पौडेलको १.६९ प्रतिशत , विरेन्द्र कुमार साङ्घाईको १.६८ प्रतिशत, तिलक बहादूर राणभाटको १.४२ प्रतिशत तथा सुमित कुमार अग्रवालको १.२८ प्रतिशत शेयर स्वामित्व रहेको छ । 

त्यसैगरी, विशाल अग्रवालको १.२१ प्रतिशत, पुजा इन्टरनेशनल नेपालको १.११ प्रतिशत, दिपक कुवँरको १.०६ प्रतिशत, मन्जु अग्रवालको १ं.०२ प्रतिशत र तुलसीराम अग्रवालको १ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved