यी हुन् एशियन लाईफका ठूला लगानीकर्ता, सबैभन्दा धेरै गोल्यानको

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 29, 2024 | 11:03:05 AM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाईफ ईन्स्योरेन्समा १ प्रतिशत भन्दा धेरै शेयार लगानी गर्ने लगानीकर्ताको संख्या १० रहेको छ । आर्थिक वर्ष २०७९/८० को विवरण अनुसार  कम्पनीमा रहेका ठूला लगानीकर्ता मध्ये ९ जना व्यक्तिगत र १  संस्थागत लगानीकर्ता रहेका छन् ।

कम्पनीमा सबैभन्दा धेरै लगानी शक्ति कुमार गोल्यानको रहेको छ । कम्पनीमा गोल्यानको ६.२४ प्रतिशत स्वामित्व रहँदा रुक्मिणी बस्नेतको ४.५९ प्रतिशत स्वामित्व रहेको छ । 

त्यसैगरी, राजेश लाल श्रेष्ठको ४.४१ प्रतिशत, रत्न देवि श्रेष्ठको २.५९ प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्सको २.५१ प्रतिशत, रोहित गुप्ताको २.४१ प्रतिशत र दिनानाथ खन्देलवालको २.३४ प्रतिशत स्वामित्व रहेको छ । 

यसैगरी, बिर्ख बहादुर बस्नेतको १.८६ प्रतिशत, अन्जली सरावगीको १.६० प्रतिशत र सबिता देवि रुङटाको १.२७ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved