
सूर्यज्योति लाईफ ईन्स्योरेन्सले ९ महिनामा करिब ६० करोड रुपैयाँ दाबी भुक्तानी दिएको छ । कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५९ करोड ३९ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको हो ।
९ महिनामा १ हजार ६२१ वटा दाबीको कम्पनीले भुक्तानी दिएको कम्पनीले जनाएको छ । कम्पनीले चैत महिनामा मात्र ७ करोड ८३ लाख रुपैयाँ भुक्तानी दिएको उल्लेख गरेको छ । चैत महिनामा कम्पनीले २९७ जनालाई दाबी भुक्तानी दिएको हो ।
यस तथ्यांकमा मृत्यु दाबी र क्रिटिकल इल्नेस दाबी मात्र समावेश गरिएको कम्पनीले जनाएको छ ।