मङ्सिर ४: नेपालमा निर्वाचन सकिए लगतै कतारमा विश्वकप फुटबलको उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2022 | 10:11:11 AM मा प्रकाशित

laxmi  sunrise bank

मङ्सिर ४ गते नेपालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदै छ। निर्वाचनमा मतदान गर्ने समय साँझ ५ बजेसमयसम्म तोकिएको छ ।

मतदान कार्य सकिएको केहि समय भित्र विश्व फुटबलको महाउत्सव अर्थात् फुटबल विश्वकप सुरु हुने छ । कतारमा हुने विश्वकपको उद्घाटन खेल मङ्सिर ४ गते नै नै हुने छ । उद्घाटन खेल अगाडी नेपाल समय अनुसार साँझ ७:३० बजे विश्वकपको औपचारिक उद्घाटन समारोह हुने छ । त्यसपछि राति ९:४५ बजे आयोजक कतार र इक्वेडरबीच विश्वकपको उद्घाटन खेल सुरु हुने छ ।

पहिलो दिन एक मात्र खेल हुने छ । त्यस पछि अन्य दिनमा भने १ भन्दा बढी खेल हुने छन् । पहिलो पटक मध्यपूर्व देशमा विश्वकप हुन लागेको हो । कतारमा अध्याधिक गर्मी हुने भएकोले पहिलो पटक जाडोयाममा विश्वकप हुन लागेको हो । आयोजकको हिसाबले कतारले पहिलो पटक विश्वकप खेल्दै छ । विश्वकप आयोजना गर्ने देशले छनौट चरणका खेलहरु नखेली स्वत विश्वकप खेल्ने शौभाग्य पाउने गरेको छ ।

प्रतियोगितामा ३२ टिम समावेश छन् । ३२ टिमलाई ८ वटा समुहमा विभाजन गरिएको छ । हरेक समुहमा रहेका हरेक देशले आफ्नो समुहमा रहेका देशसँग १ खेल खेलेपछि समुहको शिर्ष स्थानमा रहने २ टोली अर्को चरण अर्थात् नक आउट चरणमा प्रवेश गर्ने छन् ।

यस्तो छ समुह:

समुह ए : कतार, इक्वेडर, सेनेगल, नेदरल्याण्ड

समुह बि: इंङल्याण्ड, इरान, अमेरिका, वेल्स,

समुह सी: अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्याण्ड

समुह डि : फ्रान्स, अष्ट्रेलिया, डेनमार्क, ट्युनिसिया

समुह ई: स्पेन, कोस्टारिका, जर्मनी, जापान,

समुह एफ : बेल्जियम, क्यानाडा, मोरोक्को, क्रोएसिया

समुह जी: ब्राजिल, सर्बिया, स्विजरल्याण्ड, केमरुन

समुह एच : पोर्चुगल , घाना, उरुग्वे, साउथ कोरिया


४ पटक विश्वकप जितेको इटालीले छनौट चरण पार गर्न नसकेपछि यो विश्व खेल्ने छैन । त्यस्तै छनौट चरण पार गर्न सक्ने अनुमान गरिएका कोलम्बिया, स्विडेन, चिली, नाईजेरिया, इजिप्ट , अल्जेरिया पनि छनौट हुन सकेनन् । रुसले युक्रेनमा आक्र्मान गरेपछि फिफाले रुसलाई प्रतिबन्ध लगाएका कारण रुस पनि प्रतियोगितामा छैन । युक्रेन भने छनौट चरण पार गर्न सकेन ।

प्रतियोगितामा मङ्सिर ४ देखि मङ्सिर १६ सम्म समुह चरणका खेलहरु हुने छन् । मङ्सिर १७ देखि मङ्सिर २० सम्म प्रि क्वाटरफाइनलका खेलहरु हुने छन् । त्यस्तै मङ्सिर २३ र मङ्सिर २४ मा क्वाटरफाइनलका खेल हुनेछन् । मङ्सिर २७ र २८ मा सेमिफाइनलको खेल हुने छन् भने पुस ३ गते फाइनल खेल हुने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved