विश्वकपमा आजबाट समुहचरणको दोस्रो राउण्डका खेल हुँदै, पहिलो राउण्डमा ११ टिमको ३ अंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2022 | 09:31:32 AM मा प्रकाशित

laxmi  sunrise bank

कतारमा जारी फिफा विश्वकपमा आजबाट समुह चरणको दोस्रो राउण्डका खेलहरु हुँदै छन् । सबै टिमहरुले पहिलो खेल खेलिसकेकोले आजबाट समुह चरणको दोस्रो राउण्डका खेलहरु हुन लागेका हुन् 

जस अनुसार आज पनि ४ खेल हुने छन् । आज पहिलो खेलमा ३:४५ बजे वेल्स र इरान भिड्ने छन् भने दोस्रो खेलमा ६:४५ मा कतार र सेनेगल भिड्ने छन् । त्यस्तै तेस्रो खेलमा ९:४५ बजे नेदरल्याण्ड र इक्वेडर भिड्ने छन् भने राति १२:४५ बजे हुने आजको अन्तिम खेलमा इंग्ल्यान्ड र अमेरिका भिड्ने छन् 

समुह चरणको पहिलो खेलमा सहभागी ३२ मध्ये ११ टिमले जित निकाल्दै ३ अंक जोड्न सफल भएका छन् । त्यस्तै १० टिमले बराबरी खेल्दै १ अंक जोड्न सफल भएका छन् । बाँकि ११ टिम अंक बिहिन छन् 

३ अंक जोड्ने ११ टिमहरुमा ईक्वेडर, नेदरल्याण्ड , इंग्ल्यान्ड, साउदी अरेबिया, फ्रान्स, स्पेन, जापान, बेल्जियम , ब्राजिल, स्विजरल्याण्ड, र पोर्चुगल रहेका छन् । १ अंक जोड्ने टिममा अमेरिका, वेल्स, मेक्सिको, पोल्याण्ड, डेनमार्क, ट्युनिसिया, मोरोक्को, क्रोएसिया, युरुग्वे र कोरिया रिपब्लिक रहेका छन् । बाँकि टिम भने अंक बिहिन छन् 

पहिलो राउण्डको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २-१ गोलले हराएको थियो भने जापानले गेर्मानीलाई २-१ गोलले हराएको थियो । २ एसियाली देशले उपाधि दाबेदार मानिएका टिमलाई पहिलो खेल मै हराएर विश्वकपलाई रोचक बनाएका छन् ।

पुरा अंक तालिका हेर्न यहाँ क्लिक गर्नु होला  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved