विश्वकपमा आज समुह ए र बि का अन्तिम खेल हुँदै, अर्को चरण पुग्न कसलाई कस्तो नतिजा आवश्यक?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2022 | 01:39:16 PM मा प्रकाशित

laxmi  sunrise bank

कतारमा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज समुह ए र समुह बि का अन्तिम खेल हुँदै छ। जसमा समुह ए का इक्वेडर र सेनेगल एक आपसमा भिड्ने छन् भने नेदरल्याण्ड र कतार एक आपसमा प्रतिस्पर्धा गर्ने छन् । दुवै खेल नेपाली समय अनुसार रातको ८:४५ मा सुरु हुने छ । २ खेल खेलीसक्दा नेदरल्याण्ड र इक्वेडरको समान ४ अंक छ भने सेनेगलको ३ अंक छ। कतारले अंक जोडेको छैन । 

नेदरल्याण्डलाई अर्को चरण पुग्नको लागि जित वा बराबरी आवश्यक पर्दछ । तर इक्वेडरले सेनेगललाई हराएमा आफ्नो खेल हारेपनि नेदरल्याण्ड अर्को चरणमा पुग्ने छ ।

इक्वेडरलाई अर्को चरणमा पुग्नको लागि जित वा बराबरी आवश्यक पर्छ । तर कतारले नेदरल्याण्डलाई हराएमा आफ्नो खेल हारे पनि इक्वेडर अर्को चरणमा पुग्न सक्ने सम्भावना कायम रहन्छ। यसो हुँदा गोल डिफरेन्सको आधारमा अर्को चरण पुग्ने टोली निर्धारण हुन्छ । 

सेनेगललाई अर्को चरण पुग्न जितको आवश्यकता पर्दछ । तर सेनेगलले बराबरी खेलेपनि र कतारले नेदरल्याण्डलाई हराएमा सेनेगलको अर्को चरण पुग्ने सम्भावना कायम रहन्छ । यसो हुँदा गोल डिफरेन्सको आधारमा अर्को चरण पुग्ने टोली निर्धारण हुन्छ । 

कतारको भने अर्को चरण पुग्ने सम्भावना सकिएको छ ।

त्यस्तै समुह बि मा आज  वेल्स र इंग्ल्यान्ड तथा इरान र अमेरिका भिड्ने छन् । यो खेल रातको १२:४५ बजे हुनेछ । २ खेल खेलीसक्दा इंग्ल्यान्डको ४, इरानको ३ , अमेरिकाको २ र वेल्सको १ अंक रहेको छ ।

इंग्ल्यान्डलाई अर्को चरण पुग्न जित वा बराबरी आवश्यक पर्छ । आफ्नो खेल हारे पनि गोल डिफरेन्सको आधारमा इंग्ल्यान्ड अर्को चरण पुग्न सक्छ।

अर्को चरण पुग्ने सम्भावना कायम राख्न वेल्सले आजको खेल जित्नै पर्छ र अन्य खेलको नतिजा आफु अनुकुल आउनु पर्छ। जितले मात्र वेल्सको अर्को चरण पुग्ने ग्यारेन्टी भने हुदैन ।

इरानले अमेरिकालाई हराएमा इरान अर्को चरण पुग्ने छ । इरानले बराबरी खेलेपनि अर्को चरण पुग्न सक्छ, तर त्यसको लागि वेल्सले हार्नु पर्ने छ । र गोल डिफरेन्सको आधारमा अर्को चरणमा पुग्ने टोली चयन हुने छ ।

अमेरिकाको हकमा भने अर्को चरण पुग्न आजको खेल जित्नै पर्छ । बराबरी खेलेमा वा आजको खेल हारेमा अमेरिका छनौट हुन सक्ने छैन ।

यो पनि : जर्मनी र अष्ट्रियाका कारण आजदेखि विश्वकपका २ खेल एकै समयमा

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved