बराबरीले पनि अर्जेन्टिना हुनसक्छ छनौट, नकआउट पुग्न समुह सि र डिका टोलीलाई कस्तो नतिजा चाहिन्छ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2022 | 10:03:25 AM मा प्रकाशित

laxmi  sunrise bank

कतारमा जारी फिफा विश्वकप अन्तर्गत समुह ए बाट नेदरल्याण्ड र सेनेगल तथा समुह बि बाट इंग्ल्यान्ड र अमेरिका नक आउट चरणमा प्रवेश गरिसकेका छन् । आज हुने समुह सी र डि का ४ खेलबाट नक आउट चरण पुग्ने थप ४ टोलीको टुंगो लाग्ने छ ।

आज समुह सी अन्तर्गत पोल्याण्ड र अर्जेन्टिना तथा साउदी एरिया र मेक्सिको भिड्ने छन् । यो खेल नेपाली समय अनुसार रातको १२:४५ बजे हुने छ । त्यस्तै आज समुह डि अन्तर्गत ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क भिड्ने छन् । यो खेल नेपाली समय अनुसार रातको ८:४५ बजे सुरु हुने छ ।

नक आउट चरण पुग्न कसलाई कस्तो नतिजा आवश्यक ?

समुह सी मा २ खेल खेलिसक्दा पोल्याण्डको ४ अंक छ भने अर्जेन्टिना र साउदी अरेबियाको समान ३-३ अंक छ । मेक्सिकोको १ अंक छ ।

आजको खेल जितेमा वा बराबरी गरेमा पोल्याण्ड अर्को चरण पुग्ने छ । तर पोल्याण्डले खेल हार्यो भने र साउदीले खेल जित्यो भने पोल्याण्ड बाहिरिने छ । यदि पोल्याण्डले हार्यो र साउदीले बराबरी खेल्यो भने गोल डिफरेन्सको आधारमा नक आउट पुग्ने टोली निर्धारण हुने छ । यदि पोल्याण्डले हार्यो र मेक्सिकोले जित्यो भने पनि गोल डिफरेन्सको आधारमा नक आउट चरण पुग्ने टोली निर्धारण हुने छ ।

नकआउट चरण पुग्न अर्जेन्टिनाले खेल जित्नै पर्छ । अर्जेन्टिनाले खेल हारेमा नक आउट चरण पुग्ने सम्भावना रहदैन । तर अर्जेन्टिनाले आफ्नो खेल बराबरी खेलेमा तथा मेक्सिको र साउदीले पनि बराबरी खेलेमा अर्जेन्टिना नक आउट चरण पुग्ने छ । तर अर्जेन्टिनाले बराबरी खेल्यो र साउदीले जित्यो भने अर्जेन्टिना बाहिरिने छ । अर्जेन्टिनाले बराबरी खेल्यो र अर्को खेल मेक्सिकोले जित्यो भने गोल डिफरेन्सको आधारमा नक आउट चरण पुग्ने टोली निर्धारण हुने छ ।

अफ्नो खेल जितेमा साउदी नक आउट चरण पुग्ने छ । तर पोल्याण्डले अर्जेन्टिनालाई हराएमा साउदीले बराबरी खेलेपनि साउदी अर्को चरण पुग्ने छ । तर समुहको दुवै खेल बराबरी भएमा साउदी बाहिरिने छ । साउदीले बराबरी खेलमा र अर्जेन्टिनाले जितेमा गोल डिफरेन्सको आधारमा अर्को चरण पुग्ने टोली निर्धारण हुने छ ।

अर्को चरण पुग्नको लागि मेक्सिकोले जित्नै पर्ने हुन्छ । तर जितले मात्र अर्को चरण पुग्ने ग्यारेन्टी भने हुँदैन । यदि पोल्याण्डले जितेमा र मेक्सिकोले पनि जितेमा मेक्सिको अर्को चरण पुग्ने छ । यदि मेक्सिकोले जितेमा तथा अर्जेन्टिना र पोल्याण्ड बीचको खेल बराबरी भएमा गोल डिफरेन्सको आधारमा अर्को चरण पुग्ने टोली निर्धारण हुने छ। मेक्सिकोले पनि जितेमा र अर्जेन्टिनाले पनि जितेमा मेक्सिको र पोल्याण्डको बराबर अंक हुने छ गोल डिफरेन्सको आधारमा नक आउट चरण पुग्ने टोली निर्धारण हुने छ ।

समुह डि मा २ खेल खेलिसक्दा फ्रान्सको ६ अंक, अष्ट्रेलियाको ३ अंक छ भने डेनमार्क र ट्युनिसियाको समान १-१ अंक छ ।

फ्रान्स यस अघि नै नक आउट चरणमा प्रवेश गरिसकेको छ , र समुह बिजेता हुने निश्चित जस्तै छ । तर ट्युनिसिया र फ्रान्सलाई पराजित गरेमा र अष्ट्रेलियाले देमार्कलाई हराएमा फ्रान्स र अष्ट्रेलियाको समान ६ अंक हुने छ । यसो हुँदा गोल डिफरेन्सको आधारमा फ्रान्स समुह उपविजेता पनि हुन सक्छ ।

जित हँसिल गरेमा अष्ट्रेलिया नक आउट चरण पुग्ने छ । ट्युनिसियाले फ्रान्सलाई पराजित नगरेमा अष्ट्रेलिया बराबरी खेलेर पनि अर्को चरण पुग्ने छ ।

नक आउट चरण पुग्न डेनमार्कले जित्नै पर्ने हुन्छ । तर ट्युनिसियाले फ्रान्सलाई पराजित गरेमा र डेनमार्कले पनि जितेमा ट्युनिसिया र डेनमार्क दुवैको ४ अंक हुने छ । यसो हुँदा गोल डिफरेन्सको आधारमा अर्को चरण पुग्ने टोली निर्धारण हुने छ ।

ट्युनिसिया छनौट हुनको लागि उसले फ्रान्सलाई हराउनु पर्ने छ । तर त्यतिले मात्र पर्याप्त हुने छैन । डेनमार्कले नहारोस् भनेर प्राथना गर्नु पर्ने हुन्छ । ट्युनिसियाले जितेमा र डेनमार्कले पनि जितेमा ट्युनिसिया र दुवैको समान ४ अंक हुने छ र गोल डिफरेन्सको आधारमा नक आउट चरण पुग्ने टोली निर्धारण हुने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved