साधना लघुवित्तले आईपिओ निष्काशनपछि हकप्रद जारि गर्ने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2019 | 10:07:48 AM मा प्रकाशित

laxmi  sunrise bank

 साधना लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १२ गते गोरखाको होटेल गोरखा बिसौनीमा सभा आह्वान गरेको हो । कम्पनीको सभामा आईपिओ निष्काशन सहितका विभिन्न १० प्रस्ताव पेश हुने छ ।

कम्पनीले ७ करोड ७ लाख ८० हजार बराबरको ७ लाख ७ हजार ८ सय कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्ने प्रस्ताव पारित गर्न लागेको हो । हाल कम्पनीको जारि पुंजी २१ करोड ७७ लाख रहेको छ । कम्पनीले आईपिओ निष्काशन गरेपछि ५० प्रतिशतको दरले हकप्रद जारि गर्ने विशेष प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ । साथै भविष्यमा कुनै संस्थासंग मर्जर वा प्राप्तिको निर्णय गर्ने अख्तियारी  संचालक समितिलाई दिने प्रस्ताव समेत साधारणसभामा पेश हुने छ ।

कम्पनीले हालै मात्र तनहुँ जिल्लाको डुम्रेमा रहेको आर्थिक सम्वृद्धि लघुवित्तलाई गाभेको थियो । यस संगै कम्पनी राष्ट्रिय स्तरको लघुवित्त कम्पनी बनेको छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved