एनएमबि बैंक सहित ५ कम्पनीको साधारणसभा आज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2020 | 09:41:29 AM मा प्रकाशित

laxmi  sunrise bank

पुस २४ गते बिहिबार एनएमबि बैंक सहित ५ कम्पनीले साधारणसभा गर्दै छन् । एनएमबिको सभा जावलाखेल स्थिति स्टाफ कलेजमा हुदै छ । बैंकले २१ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ 

बुटवल पावरले बबरमहल स्थिति कार्की ब्यांक्वेटमा सभा गर्दै छ । कम्पनीले १० प्रतिशत बोनस र १८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । सोल्टी  होटेलले नेपाल प्रज्ञा प्रतिष्ठान कमल्दैमा सभा गर्न लागेको हो । कम्पनीले १५ प्रतिशत बोनस शेयर र ११.३१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 

युनाइटेड मोदी हाइड्रोले त्रिपुरेश्वरको वल्ड ट्रेड सेन्टरमा सभा आह्वान गरेको छ । कम्पनीले ८.४२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । जानकी फाइनान्सले जनकपुरको होटेल मनाकीमा सभा गर्न लागेको हो । कम्पनीले २२ प्रतिशत बोनस शेयर र १.१६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

साधारणसभाले पारित गरेसंगै योग्य लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved